निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सारमा : आजै काठमाडौँ पुग्ने
- May 17, 2021
- 2367

0Shares
चौतारा, ३ जेठ \ निजीक्षेत्रले चीनबाट झिकाएको अक्सिजन सिलिन्डर तातोपानी भन्सार आएको छ । दुइ हजार पाँच सय ३० थान खाली सिलिन्डर भन्सार जाँचपास पछि आजै राजधानी पुग्ने तातोपानी भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिनुभयो ।
नेपाः हिमा टे«ड लिङ्क कम्पनीले झिकाएको मध्यम खालको ११ केजी तौलको उक्त सिलिन्डर सिल्क ट्रान्सपोर्ट प्रालिले ढुवानी गरेको ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताउनुभयो । चीनबाट झिकाइएको जम्मा २० हजार सिलिन्डर मध्ये दुइ हजार थान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ल्याइने र १८ हजार थान सडक मार्ग हुँदै राजधानी ल्याइने बताइएको छ \
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















