0Shares
काठमाडौँ, ३ जेठ \ कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ समर्पणले रविभवनमा ‘जे एण्ड जे कोभिड केयर सेन्टर’ स्थापना गरेर निःशुल्क उपचार थालिएको छ ।
क्लबका पूर्व अध्यक्ष सञ्जय सिङ्घानीया, नेपाल सशस्त्र प्रहरी अस्पतालका डाक्टर रोशनकुमार झासहितको टोलीले सो सेवा प्रदान गर्नुभएको हो । सेन्टरले कोभिड विरामीको रगत परीक्षणको आधारमा बिरामीको अवस्था हेरेर औषधि दिने वा अस्पतालमा भर्ना गर्ने काम गर्दै आएको छ । अस्पताल भर्ना हुनुपर्ने बिरामीका लागि नेपाल–भारत मैत्री अस्पताल चावहिलमा अक्सिजनसहित १५ शय्याको आइसोलेसन सेन्टर रहेको क्लबका सदस्य विवेक शर्माले जानकारी दिनुभयो ।
त्यहाँ चिकित्सकसहितको सुविधा उपलब्ध छ । सेन्टरमा दैनिक ५० देखि ८० कोरोना सङ्क्रमित बिरामीले सेवा लिइरहेका छन् । क्लबले गतवर्ष कोरोनाको समयमा अक्सिजन बैँक स्थापना बिरामीलाई निःशुल्क वितरण गरेको थियो । —
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected