0Shares

तनहुँ, ४ जेष्ठ । तनहुँको व्यास नगरपालिका–६ शिसाघाट निवासी डा.अमर नागिला पोखरा विश्व विद्यालयको स्वास्थ्य तथा विज्ञान संकायको डिनमा नियुक्त हुनु भएको छ ।

पोखरा विश्व विद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले डा. नागिलालाई डिन नियुक्त गरेको हो । डा. नागिलाले मङ्गलबारबाट कार्यभार सम्हाल्नु भएको छ ।

नागिलाले बिगत लामो समयदेखि पोखरामा स्वास्थ्य विज्ञान संकायमा प्राध्यापन गर्दै आउनु भएको छ । स्वास्थ्य विज्ञका रुपमा परिचित डा. नागिला हाल पोखरामा बस्नुहुन्छ । डेढ वर्ष भित्र १५० देखि २०० बेड क्षमताको पोखरा युनिभर्ससिटी शिक्षण अस्पताल सञ्चालनमा ल्याउने आफ्नो मूख्य कार्य योजना रहेको डिन डा. नागिलाले बताउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected