२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
मनोरन्जनमुख्य खबरसाहित्य

नेपाली सांगीतिक  प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान

काठमाडौँ, २७ जेठ ।  वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक  प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० को साप्ताहिक श्रृङ्खला ‘प्रवासी प्रवाह’ मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले आयोजना गर्न लागेको  ‘एनआरएन द सिङ्गर’ कार्यक्रममा बाँस्कोटा एकजना निर्णायकका रुपमा छन्।  ‘एनआरएनएले विश्वभरि छरिएर रहेका नेपाली प्रतिभाको खोजी गरिरहेको छ,’ उनले भने ‘म सबैजनालाई यो मञ्चमा सहभागी भएर आफ्नो प्रतिभाको पहिचान गर्नका लागि आह्वान गर्दछु।’  उनले गीतहरू चल्नु वा नचल्नु आफ्नो ठाउँमा भएपनि आफूसँग भएको कला भने ‘कालजयी’ हुने पनि बताए। यही जुन महिनाको २१ देखि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले ‘एनआरएन द सिङ्गर’ का लागि डिजिटल अडिशन सुरू गर्ने भएको छ।

नेपाली भाषी कलाकारहरुको पहिचान’

प्रवासमा रहेका नेपाली भाषी कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’का लागि अडिसनको तयारी भइरहेको संयोजक गोविन्दप्रसाद गौतमले बताए। विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा नेपाल र सार्क राष्ट्रबाहेक विश्वका ८२ राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन्। उनका अनुसार प्रतियोगिताका लागि सहभागी हुन चाहनेले गीतको भिडियो बनाएर कार्यक्रमको एपमा राख्नुपर्नेछ। यो अडिसन सुरुमा सबै महादेशबाट सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण हुनेछ र नेपाली टेलिभिजनहरूबाट पनि प्रसारण हुनेछ।

यो प्रतियोगिताको संयोजन एनआरएनए आइसीसीको संस्कृति तथा सम्पदा उपसमितिले गरिरहेको छ  ।प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्। एनआरएनएको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहमा बोल्दै वरिष्ठ सङ्गीतकार तथा प्रतियोगिताका निर्णायक बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभाहरूको पहिचान गर्ने विश्वास व्यक्त गरे।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

कविता र गीतमार्फत श्रमिक एकताको सशक्त सन्देश

 शान्ता बास्तोला  दमौली, तनहुँ। ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद् बैठकमा पार्षद शान्ता बास्तोलाले कविता र गीतमार्फत व्यक्त गरेको शुभकामना मन्तव्यले कार्यक्रमलाई विशिष्ट साहित्यिक उचाइमा पुर्‍याएको छ।…