0Shares
दमौली, २७ जेठ \ मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो ।
मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुनुहुन्थ्यो । बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताउनुभएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,” पारिवारिक स्रोतले भन्यो ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected