२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
फिचर समाचारफोटो खबरव्यक्ति विशेषस्थानिय समाचारस्वास्थ्य

सुनापतिमा स्वास्थ्य सुविधा विस्तारमा धर्मगुरु विमानसिंह र च्यारिटी मेडिकल सेन्टरको पहल

काठमाडौँ, ८ असार \ कारोना सङ्क्रमण रोकथाममा रामेछाप सुनापति गाउँपालिका —४ स्थित सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरको पहलमा गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । दोस्रो चरणको कोरोना सङक्रमणसँगै सेन्टरका अध्यक्ष एवम धर्मगुरु विमानसिंह तामाङको अग्रसरतामा कोरियाका संस्थाको सहयोगमा २३ लाख ७६ हजारको सामग्री दिइएको हो । दश अक्सिजन कन्सनट्रेटर, दश ४० लिटर र २० थान दश लिटरको अक्सिजन सिलिण्डर गाउँपालिकामा सञ्चालित अस्पताललाई गाउँपालिका अध्यक्ष धावा लामा र प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठलाई हालै उपलब्ध गराइएको सेन्टरका सचिव कमानसिंह तामाङले बताउनुभयो ।

 

स्वास्थ्य सामग्री खरिदमा दक्षिण कोरियाको टुगेदर वीथ द वल्र्ड, ह्याप्पी अल बीइङ र जुन्तो भिलेज हस्पिटलले सहयोग गरेका हुन् । विगतदेखिनै सहयोग दिँदै आएका जुन्तो भिलेज हस्पिटलले दश ४० लिटरको र २० वटा दश लिटरको अक्सिजन सिलिण्डर तथा ६ वटा अक्सिजन कन्सनट्रेटरसहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । ह्याप्पी अल बीइङले चार अक्सिजन कन्सनटे«टरसहितका औषधि र स्वास्थ्य सामग्री तथा टुगेदर वीथ द वल्र्डले अक्सिमिटर, स्यानिटाइजर, मास्कसहितका सामग्री दिएको छ । धर्मगुरु घेसे लोप्साङ दावाले एक लाख ३१ हजार सहयोग गर्नुभयो ।

वडा नम्बरका चारका एकहजार चार सय घरधुरीमा स्यानिटाइजर र मास्क वितरण गरिएको छ । पहिलो चरणमा खाना र जनचेतना तथा अहिले अक्सिजनको अभाव भएकोले सोही अनुरुपको सामग्री जुटाइको हो । पहिलो चरणको कोरोना कहरमा सेन्टरसहित आफ्नो पहलमा गाउँपालिकका पाँचै वडामा करिब एक करोड १६ लाखको चामलसहितका सामग्री वितरण गरिएको विमानसिंहले बताउनुभयो । त्यसमा ह्याप्पी अल बीइङ र जुन्तो भिलेज हस्पिटलले विशेष सहयोग गरेका थिए ।
धर्मगुरुले आफ्नै सक्रियतामा च्यारिटी मेडिकल सेन्टर खोलेर सेवा दिँदै आउनुभएको उक्त कार्यमा सङ्लग्न अमर लामाले बताउनुभयो । गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिने गरी कोरोना रोकथाम र उपचारमा काम गरिएको उहाँले सुनाउनुभयो । भारत बैग्लौरको सेराजे मोनस्टीक विश्वविद्यालयबाट दुई दशक बुद्ध धर्मसम्बन्धी अध्ययनपछि विमानसिंह प्रवचन र समाजसेवामा जुट्नुभयो । “ गाउँमा राम्रो उपचार नपाउँदा आमा बित्नुभो, अब अरुलाई बचाउँछु भन्ने त्यसैबेलाको अठोटले सहयोग जुटाएर आठ वर्षदेखि गाउँमै स्वास्थ्य केन्द्र शुरु गरयौ”, विमानसिंहले पुराना दिन सम्झनुभयो ।

गरिवलाई निःशुल्क, कतिपयलाई पचास प्रतिशत छुट र हुनेलाई शुल्क लिएर सेन्टरले औषधोपचार सेवा दिएको छ । नर्स अस्मिता थिङ उपचारका अलावा सहयोग व्यवस्थापनमा जुटनुहुन्छ । एम्बुलेन्ससेवासहित एक हेल्थ असिसटेन्ट र नर्स कार्यरत सेन्टरमा चिकित्सक राख्ने लक्ष्य छ । “ बिरामीको सहयोगमा जुट्दा सन्तुष्टि मिल्छ, कुनै दिन सेन्टरबाट हुने स्वास्थ्य सेवा पुरै निःशुल्क गर्ने अठोट छ”, विमानसिंह भन्नुहुन्छ । स्थानीय डहु मावि, कुशेश्वर मावि र कृष्णपुरी माविका विद्यार्थीसहित गाउँघरमा स्वास्थ्य शिविर र उपचारमा सेन्टरको सहयोग छ ।
विगतमा एक्स रे प्रयोगशाला चलाएपनि त्यो पुरानो भयो ।

अहिले दक्षिण कोरियाको टुगेदर वीथ द वल्र्डले पहिलोचोटी सेन्टरलाई एकएक एक्सरे र अल्ट्रासाउण्ड मेसिन, अक्सिमिटर, मास्कजस्ता सामग्री दिएको छ । जुन्तो भिलेज हस्पिटलले पाँच वटा शय्या र ह्याप्पी अल बीइङले चार अक्सिजन कन्सनटे«टरसहितका औषधि र स्वास्थ्य सामग्री सेन्टरलाई दिएको छ ।
गोर्खा भूकम्पका बेला गाउँमा मुहान फुटेर पानी अभाव भयो । विमानसिंहले आफै गाडी चलाएर सुनापति ४ जुगेनीमा ५५ र वेथान सिरमटोलका ८६ घरधुरीमा पानी वितरणमा सहयोग गर्नुभएको अमर लामाले बताउनुभयो । “ बिरामीलाई काठमाडौँ लाँदा आफैले चलाएको एम्बुलेन्स पल्टियो, थला पर्नुभयो तर उहाँ थाक्नुभएको छैन, गाउँमै स्वास्थ्य सेवा सहज गर्ने उहाँको धोको छ”, लामा भन्नुहुन्छ ।

साभार\\ रासस

Read more

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…