२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
विदेश

माछा प्रकरणः फ्रान्स र बेलायतबीच द्वन्द्व चर्किदैं

एजेन्सीः माछा मार्ने अधिकारीलाई लिएर फ्रान्स र बेलायतबीच तनाव थप चर्किएको छ । फ्रान्सले बेलायतमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

फ्रान्स सरकारले बुधबार बेलायतमाथि लगाइने सम्भावित प्रतिबन्धको सूची सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । आगामी हप्तासम्म कुनै सम्झौता हुन नसके फ्रान्सले आफ्ना केही बन्दरगाहमा बेलायती ‘फिशिङ बोट’लाई निषेध गर्ने बताएको हो ।त्यस्तै फ्रान्सले च्यानल द्विप समूहमा इन्धन आपूर्ति बन्द गर्ने चेतावनी समेत दिएको छ ।

बेलायती जल क्षेत्रमा आफ्ना डुंगालाई थप पहुँच नदिएको खण्डमा नोभेम्बर २ देखि फ्रान्समा आउने बेलायती वस्तुमाथि कठाइका साथ भन्सार तथा स्यानिटरी चेकजाँच गरिने र सी फुडमाथि प्रतिबन्ध लगाइने फ्रान्स सरकारका ग्याब्रियल अट्टले बताए ।

फ्रान्सका युरोप मामिला मन्त्री क्लेमेन्ट बिउनले समेत अन्य व्यापारिक वस्तुमाथि थप कठाइ तथा चेकजाँच गर्न सकिने बताएका छन् । तर बेलायतका ब्रेक्जिट मामिला मन्त्री डेभिड फ्रस्टले फ्रान्सको धम्कीलाई ‘निराशाजनक’ भनेका छन् ।

नजिकको मित्र र साझेदारबाट यस्तो अपेक्षा नगरिएको भन्दै फ्रस्टले भने, ‘फ्रान्सको धम्की निराशाजनक तथा असमान छ र नजिकको मित्र तथा साझेरदारबाट यस्तो अपेक्षा गरिँदैन ।’

ब्रेक्जिटपछि बेलायतले आफ्नो जल क्षेत्र वरपर र च्यानल द्धिपसमूहमा माछा मार्न चाहने युरोपेली डुंगालाई इजाजतपत्र दिने कार्यमा कठाइ गरेपछि फ्रान्ससँग विवाद बढ्दै गएको हो ।

विशेषगरी बेक्जिटपछि बेलायतको अधिनमा रहेको स्वशासित च्यानल द्धिपसमूहमा माछा मार्ने अधिकारलाई दिएर दुबै मुलुकबीच विवाद उत्पन्‍न भएको छ । युरोपेली युनियनका माछा मार्ने डुंगामाथि जर्सी टापूको सरकारले कडाइ गरेपछि मे महिनामा फ्रान्सेली मछुवाले विरोध प्रदर्शन गरेका थिए ।

फ्रान्सका मछुवाले अबरोध गर्ने चेतावनी दिएपछि बेलायतले जर्सी टापूमा गस्ति गर्ने डुंगा पठाएको थियो । (स्रोतः बीबीसी)

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…