२०८३ कार्तिक २४, मंगलबार Tuesday, November 10, 2026
विदेश

इथियोपियाको डेस्सी शहर विद्रोहीको कब्जामा

इथियोपिया ।इथियोपियाको टिगरे क्षेत्रमा सक्रिय विद्रोही समूहले रणनीतिक महत्व बोकेको एक शहर कब्जा गरेका छन् ।

टिगरे विद्रोहीका एक प्रवक्ता र स्थानीयका अनुसार विद्रोही लडाकुले अमहारा क्षेत्रस्थित डेस्सी शहर कब्जा गरेका हुन् । राजधानी अदिस अबाबाबाट ३८५ किलोमिटर टाढा रहेको ठूलो शहर कब्जामा लिनु विद्रोहीको महत्वपूर्ण उपलब्धि मानिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।तर सरकारी प्रवक्ताले डेस्सी शहर अझै पनि सेनाको नियन्त्रणमा रहेको भन्दै विद्रोहीको दाबी खण्डन गरेका छन् ।

शनिबार डेस्सीका बासिन्दाले भिषड लडाइँ र बिजुली आपूर्ति बन्द भएपछि सरकारी सेना पछि हटेको एएफपीलाई जनाएका थिए ।

‘शुक्रबार दुई बजेतिर सरकारी सेना उक्त क्षेत्रबाट पछि हट्न सुरु गरेको थियो’, डेस्सीका अमिर भन्ने एक स्थानीयले भने । त्यस्तै अर्का एक स्थानीयका अनुसार विद्रोहीहरू प्रवेश गर्न थालेपछि इथियोपियाको राष्ट्रिय सेना शहर छोडेको छ र सरकारी सेनाको उपस्थिति कतै पनि देखिँदैन ।

विद्रोही समूह टिगेर पिपुल्स लिबरेशन फ्रन्ट ९टिपिएलएफ० ले सेटसाइट फोनमार्फत् रोइटर्ससँग कुरा गर्दै सरकारी फौजलाई आफूहरुले धपाएको र विद्रोहीहरु कोम्बोल्चा शहरतर्फ अघि बढिरहेको बताएका छन् । केही सरकारी सेना विद्रोहीको कब्जामा रहेको पनि उनको भनाइ छ ।

तर सरकारका प्रवक्ता लेगेस्से टुलुले विद्रोहीको दाबीलाई ‘सुनियोजित प्रचारबाजी’ भन्दै अस्वीकार गरेका छन् । डेस्सी शहर अझै पनि सरकारी सेनाको नियन्त्रणमा रहेको उनको भनाइ छ ।(एजेन्सी)

Read more

हङकङमा हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र

पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ।…

“लायन्स अन्तर्राष्ट्रिय पिस एसे”को ग्राण्ड प्राइज ब्राजिली दृष्टिविहीन किशोरी एड्रियेन मिरेली दा सिल्भालाई

पोखरा भ्यूज। “शान्ति आँखाबाट होइन, पूर्वाग्रहविहीन मनबाट सुरु हुन्छ।” यही गहिरो मानवीय सन्देशमार्फत १३ वर्षीया ब्राजिली छात्रा एड्रियेन मिरेली दा सिल्भाले २०२५–२०२६ को “लायन्स अन्तर्राष्ट्रिय पिस एसे” प्रतियोगिताको…

इरान–अमेरिका–इजरायल द्वन्द्व चर्किँदै, खामेनीको मृत्युबारे परस्पर विरोधी दाबी

काठमाडौँ। मध्यपूर्वमा असाधारण र विस्फोटक परिस्थिति उत्पन्न गर्दै संयुक्त राज्य अमेरिका र इजरायल ले शनिबार इरान विरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेको छ।…

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन कतार प्रस्थान

काठमाडौं, कात्तिक १८।राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ। उहाँ कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा दोहामा…

नेपालमा स्थिरता आए युएईको भिसा सहज बन्नेछ: राजदूत तेजबहादुर क्षेत्री

क्षितिज विक्रम खनाल, अबुधाबी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले हाल युएईमा नेपाली नागरिकका लागि कडाइ गरिएको भिसा नीतिको कारण नेपालमा उत्पन्न राजनीतिक अस्थिरता…

हिमालय एअरलाइन्स्‌ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै

काठमाडौँ, नेपाल–हिमालय एअरलाइन्स्‌ले नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वर्ल्ड’ ल्हासाबीच आफ्नो नयाँ साप्ताहिक उडान सुरु गर्दै क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको छ…