२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

कालिका बहुमुखी क्याम्पसको वार्षिक उत्सव सम्पन्न

पोखरा । पोखराको काजीपोखरीमा रहेको कालिका बहुमुखी क्यम्पस ३१ औं वर्षमा प्रवेश गरेको छ । २०४८ मा स्थापना भएको क्याम्पसले मंगलबार विविध कार्यक्रम गरी वर्षगाँठ मनाएको हो ।

व्यवस्थापन र मानविकी संकायमा ८९ विद्यार्थी भर्ना गरेर स्थापना भएको क्याम्पसमा हाल मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय र १० जोड २ मा गरी १ हजार ४ सय विद्यार्थी छन् ।

क्याम्पसमा ग्रामीण विकासमा स्नातकोत्तर तह सञ्चालन गरिएको क्याम्पस प्रमुख बीरन्जी गौतमले बताए । ‘क्याम्पसमा २०७० देखि स्नातकोत्तर तहमा ग्रामीण विकासको पढाइ सुरु गरेका छौं,’ गौतमले भने ।

प्राध्यापकको क्षमता अभिवृद्धिका लागि मिनी रिसर्चसम्बन्धी गोष्ठी र कार्यशाला सञ्चालन गर्दै जाने उनले बताए । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले कालिकालाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा क्याम्सले जोड दिनुपर्नेमा जोड दिए । क्याम्पसका निवर्तमान प्रमुख रवीन्द्र बस्तोलाले सीमित स्रोत र साधनका बाबजुद क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गरेको उल्लेख गरे ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष किरण केसीले क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिने उल्लेख गरे । क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष एवं वडा नम्बर १४ वडा अध्यक्ष बोधबहादुर कार्कीले क्याम्पसको शैक्षिक सुधारका लागि आफूले सहयोग गर्ने बताए ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीले साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा क्यम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना, सदस्य जेबी कुँवर, कन्या क्याम्पसका प्रमुख सुरेश मानन्धर, प्राध्यापक शंकर ज्ञवाली, विद्यार्थी कल्याणकारी कोषका सभापति मुस्कान थापा, महेश गुरुङ, क्याम्पसका पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा लगायतले बोलेका थिए ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…