२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

गठबन्धन टुट्नुमा कांग्रेसको दोष नभएको : डा. महत

पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन टुट्नुमा कांग्रेसको दोष नभएको बताएका छन्। शनिवार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन, प्रतिबद्धताबाट हामी हटेनौँ तर प्रचन्ड हट्नुभयो ।

डा. महतले कांग्रेसले कतै पनि वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने कुरा प्राथमिकतामा नराखेको बताउदै भविष्य नभएको गठबन्धन हो, यसको स्पष्ट उद्देश्य नभएको पनि जिकीर गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले  कांग्रेसले सशक्त ढंगले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । कांग्रेस विगतमा पनि थुप्रै पटक प्रतिपक्षमा बसेर मुलुक र जनताको पक्षमा सशक्त भूमिका निर्वाह गरेको हुँदा यस पटक प्रतिपक्षमा बस्न कुनै अप्ठ्यारो नभएको बताए । उनले जनताको पक्षमा काम गर्नका लागि सरकारमा हुन जरुरी नभएको भन्दै जनताको चाहना बमोजिमको विकास निर्माणका कार्यहरु गर्ने भण्डारीको प्रतिबद्वता थियो ।

नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका अध्यक्ष पदम बहादुर पुनको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा संघका केन्द्रीय अध्यक्ष दिनेश थापा मगर, महामन्त्री इच्छु राना मगर, पूर्व मन्त्री यज्ञबहादुर थापा, संबिधान सभा सदस्य बिन्दादेवी राना, गण्डकी प्रदेश सभा सदस्यद्वय जितप्रकाश आले र दीपेन्द्र बहादुर थापा, नेपाली काँग्रेस स्याङजाका पूर्व का वा सभापति कुमार राना, माया राना मगर, मगर बिधार्थी संघ गण्डकी प्रदेशका सभापति संजय आले, प्रदेशका उपसभापति चन्द्रबहादुर थापा मगर, सचिव खड़क थापा मगर लगाएतले मगर समुदायले आफ्नो पहिचान र संस्कृति जोगाई मूलधारको नेतृत्वमा स्थापित गर्नका लागि नेतृत्व बिकास गर्दै पाटी र राज्यका विभिन्न तहमा स्थापित गराउन आ–आफ्ना तवरले लाग्ने बताए ।

उद्घाटन सत्र अगाडी संघले लखन चोकमा नेपालका प्रथम शहिद लखन थापामगरको शालिकमा माल्यार्पण गर्दै झाँकी र्रयाली सहित नयाँबजारको प्रदर्शनी केन्द्रमा प्रवेश गरेको थियो । अधिवेशनमा गण्डकी प्रदेशका १० जिल्लाका प्रत्येक गाउँपालिकाबाट १ जना महिला, २ जना पुरुष र नगरपालिकाबाट २ जना महिला र ३ जनापुरुष प्रतिनिधि गरी करिव ८८ जना अधिवेशन प्रतिनिधिको रुपमा सहभागीता रहने आयोजकले जानकारी दिए  । 

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…