२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

पूर्व अध्यक्ष पाठकलाई परेको मातृशोकप्रति मञ्चद्वारा शोक व्यक्त

फागुन ४, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ ।
बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा भएको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो ।
मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको असामयिक निधन भएको दुःखद खबरले नेपाल खेलकुद मञ्च गण्डकी स्तब्ध र शोकमग्न भएको छ ।’ भनिएको छ ।
मञ्चले यस दुखद घडीमा दिवांङ्गत आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै मञ्चले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदन व्यक्त गरेको छ ।
उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट प्रभावित स्वगिर्य पाठकको आजनै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गिय पाठकका श्रीमान्, चार छोरा र २ छोरी रहेका छन् ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…