२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

अन्नपूर्णका युवाहरुलाई ट्रेकिङ गाइड तालिम

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाका युवाहरुलाई लक्षित गरी आर्थिक पुनरुथ्थान र जीविकोपार्जनसंग जोड्ने उद्देश्यले सोमबारदेखि ट्रेकिङ गाइड तालिम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा संचालित नव प्रवर्धन साझेदारी कार्यक्रम अन्तर्गत पर्यटनमैत्री प्रबिधिमैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजना अन्तर्गत उक्त तालिम सुरु गरिएको हो । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राबिधिक सहयोगमा सुरु भएको उक्त तालिममा पदयात्रासंग सम्बन्धित बिभिन्न सैदान्तिक र प्रयोगात्मक कक्षाहरु मार्फत सहभागीलाई प्रशिक्षण दिईनेछ ।

पन्ध्र दिनसम्म संचालन हुने तालिममा अन्नपूर्ण गाउँपालिकाका एघार वटै वडाका करिब ३५ जना युवाहरु सहभागी छन् । तालिम  कार्यक्रम सम्पन्न भए पछी युवाहरुलाई पर्वतीय प्रशिक्षण प्रतिष्ठानको सहयोगमा  परिक्षा संचालन गरेर उत्तीर्ण युवाहरुलाई लाइसेन्स समेत दिने तयारी रहेको कार्यक्रम संयोजक एबम सूचना प्रबिधि अधिकृत ई. सूर्य तिमिल्सिनाले बताए ।  

सोमबार गाउँपालिका सभाहलमा आयोजित ट्रेकिङ गाइड तालिम उद्घाटन कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत खेमराज देबकोटाले गाउँपालिकाले एकीकृत पर्यटक सूचना केन्द्र संचालन गर्न लागेको हुँदा गाउँपालिका क्षेत्रभित्र आवश्यक दक्ष जनशक्ति गाउँपालिकामै उत्पादन गर्ने र बेरोजगार युवाहरुलाई पर्यटन र रोजगारसंग जोड्ने उद्देश्यले तालिम संचालन गर्न लागिएको बताए ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशका सचिब मनमाया भट्टराई पंगेनीले बेरोजगार युवाहरुलाई देशमै केही गर्ने वातावरण तयार गरेर अन्नपूर्ण गाउँपालिकाले सराहनीय काम गरेको बताइन् । नव प्रवर्धन साझेदारी कार्यक्रमको महत्वपूर्ण अंगको रुपमा यो तालिम रहेको बताउंदै यस्ता कार्यक्रममा प्रदेश सरकार समेत सहयोग गर्न तत्पर रहेको बताइन् ।

उद्घाटन कार्यक्रममा बोल्दै काय्रक्रमको अध्यक्षता समेत ग्रहण गरेकी  गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले काठमाडौं गएर लिनुपर्ने तालिम गाउँपालिकाले गाउँमै आयोजना गरेको हुँदा तालिमको भरपुर सदुपयोग लिन सहभागीहरुलाई आग्रह गरिन् ।

अन्नपूर्ण आधार शिबिर,घान्द्रुक जस्ता पर्यटकीय गन्तब्य रहेको पालिकामा पहिलो पटक गाउँपालिकाले स्थानीय स्तरमै निशुल्क रुपमा तालिम संचालन गर्न लागेको हो । पछिल्लो समय पर्यटनको क्षेत्रमा प्राथमिकताका साथ कामगर्दै बिभिन्न गतिबिधि गर्दै आएको छ ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…