२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
मनोरन्जन

वसन्त र अस्मिताको ‘एउटा मुटु कस्लाई पुर्र्याउने’ गिती कोशेली सार्वजनिक

पोखरा । गायक तथा संगीतकार वसन्त लम्साल र गायिका अस्मिता अधिकारीको स्वरको ‘एउटा मुटु कसलाई पुर्याउने’ बोलको नयाँ यूगल लोक गिती कोशेली सार्वजनिक भएको छ ।

लोक भाकाको यो गीतलाई संगीतकार वसन्त लम्सालले संगीतबद्ध गरेका छन् भने नबिन मल्लले गीत रचना गरेका हुन् । विश्वास नेपाल गीतका संगीत संयोजक हुन् । सुनिल क्षेत्रीद्वारा कोरियोग्राफी तथा निर्देशन गरिएको यो गीतको म्युजिक भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी तथा निर्देशक क्षेत्रीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । दुर्गा पौडेलद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
अर्घाखाँचीमा जन्मेर राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल गायक तथा संगीतकार लम्सालले गितले दर्शक तथा श्रोताहरुबाट सकारात्मक प्रतिक्रिया आएको बताएका छन् । कर्णप्रिय स्वरमा सु–सज्जित गितमा उत्कृष्ठ भिडियो समेत रहेको छ । सार्वजनिक भए लगत्तै धेरै दर्शकहरुले गित मन पराएका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

 

Read more

डाक्टर रमिल अधिकारीलाई सगरमाथा म्युजिक अवार्ड

काठमाँड़ौ । गीतकार तथा समाजसेवी डाक्टर रमिल अधिकारीले सातौँ सगरमाथा म्युजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड जितेका छन्। राजधानीस्थित नाचघरमा बुधबार सम्पन्न कार्यक्रममा उनले ‘वाचा गरौँ’ बोलको गीतमार्फत यो…

घान्द्रुकको सुन्दरता पर्दामा: ‘मनको राजा’ पोखरामा प्रिमियर

पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा  भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन…

पाँचौ पोथाना कप : विटी क्लब बगर च्याम्पियन, मर्दीसेति डटकम उपविजेता

अन्नपुर्ण, कास्की। पाँचौँ पोथाना कप ७ ए–साइड फुटबल प्रतियोगिताको उपाधि विटी क्लब बगरले हात पारेको छ। कास्कीको अन्नपुर्ण गाउँपालिका–७ स्थित पोथना सेतीगरा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा मर्दीसेति…

गायक जिडिपको नयाँ गीत ‘म त पिपलु’ सर्वत्र चर्चामा

पोखरा । गायक गङ्गाधर पराजुली (जिडिप) को नयाँ गीत ‘म त पिपलु’ हालै सार्वजनिक भएको केही दिनमै चर्चाको केन्द्र बनेको छ। जिडिपसँगै रचना रिमालको युगल स्वर रहेको यस…

‘कन्दरा ब्याण्ड ‘ जापान टुरमा! टोकियो र नागोयामा गर्नेछ भव्य सांगीतिक कार्यक्रम

पोखरा — पोखराको फेवाताल र माछापुच्छ्रे हिमालको छायाँमा जन्मिएको कन्दरा ब्याण्डले नेपाली संगीतप्रति आफ्नो समर्पण, जोश र दृढता निरन्तर अघि बढाइरहेको छ। नेपाली लोकपप, सांगीतिक प्रयोग, र आफ्नै…

लामाचौर तीज महोत्सवको तयारी तिब्र

पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको तयारी तिब्र पारिएको छ।  महोत्सवलाई सफल र भव्य बनाउन गठित मुल समिति र विभिन्न २२ वटा उपसमितिले तयारीलाई तिब्रता दिएको पोखरामा…