२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
विचार / ब्लग

श्रीपन्चमीको महिमा हिजो र आज

युवराज खनाल

सरस्वती माया दृष्टा वीणापुस्तकधारिणी।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे॥१।।
प्रथमं भारती नाम द्वितीयं च सरस्वती।
तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी॥२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।
सप्तमं चैव कौमारी चाऽष्टमं वरदायिनी॥३।।
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी॥४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन् नरः।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती॥५।।

आज मार्घ शुक्ल पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा -आजा गर्ने दिन ‘श्रीपञ्चमी’ पर्व । आजको दिन देखि सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास गरिन्छ । आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्धबुद्धि प्राप्त हुने उल्लेख छ ।
आज हिन्दुधर्मावलम्बिहरुले अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी यो पर्व मनाउँदैछन् । चन्द्रमाजस्तो गोरो वर्ण भएकी , हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने चलन रिहआएको छ । त्यस्तै देवि सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजको दिनलाई विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउन राम्रो साइत मानिन्छ । कुनै पनि नयाँ कामको थालनीगर्दा आज साईत हेराईरहन पर्दैन ।
आजकै दिन देवि सरस्वती को जन्म भएको धार्मिक विश्वास रहि आएको छ । सृष्टि निर्माणका समयमा सर्वप्रथम आदि शक्तिको प्रादुर्वभाव भयो । देवी महालक्ष्मीको आह्वानमा त्रिदेव अर्थात शिव, विष्णु, ब्रम्हाजी उपस्थित भए ।
त्यसपति देवी लक्ष्मीले तीन देवतालाई आ-आफ्नो गुण अनुसार देवी उत्पन्न गर्नका लागि स्तुती गरिन् । माता लक्ष्मीकी प्रार्थना स्वीकार गरेर तिनै देवले आ-आफ्ना गुण अनुसार देवीको आह्वान गरे । सबैभन्दा पहिला भगवान शिवले तमोगुण महाकाली प्रकट गरे, भगवान विष्णुले रजोगुणवाट माता लक्ष्मीको र ब्रम्हाजीले आफ्नो सत्वगुणबाट देवी सरस्वतीको आह्वान गरे ।
ब्रम्हाजीले सृष्टिको निर्माण गरेपछि जव आफुले बनाएको सृष्टिको मृत शरीरको भाँति शान्त वा स्वरविहिन पायो, तब ब्रम्हाजी उदास भए । उनले आफ्नो व्यथा विष्णुलाई भने । विष्णुले ब्रम्हालाई भने, उक्त समस्याको समाधान माता सरस्वतीले गर्न सक्छिन् । माता सरस्वतीले ब्रम्हाको अनुरोधमा जसरी वीणाको तारमा स्पर्श गरिन्, त्यसैगरी ‘सा’ शब्द प्रस्फू्टन भयो । यो शब्द संगीतको सप्तसुरमा प्रथम सुर मानिन्छ ।
यस ध्वनिले ब्रम्हाजीको मूक सृष्टिमा स्वरमय ध्वनिको संचार भयो । हावाको, सागरको, पशु पंक्षि एवं अन्य जीवको आवाज आउन थाल्यो । यसबाट ब्रम्हाजी प्रशन्न भएर सरस्वतीको वाणीको देवीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए ।
साच्चिकै वसन्त ऋतुको आगमनको पूर्वसन्ध्या, विभिन्न रुखहरुमा ढकमक्क फूल फूल्ने समय, जाडो बिस्तारै सकिदै जाने र हल्का न्यानो बढ्दै जाने समयको सुरुवात यसैनि महत्वोपुर्ण छ । ४ दशक अगाडि उधारो , अचो- पैचो, भाके निकै चल्ने गर्थ्यो । पशुचौपाय , लत्ता कपडा उधारो या भाके ल्याउने चलाक थियो । अनि ऋण खोजेर ल्याएको पैसा र भाके मा ल्याएको ऋण माघ १० गते अत दशमाघका दिन बुझाने अनि कतै श्रीपन्चमिका दिन रातको १२ बजे सम्ममा जसरी भए पनि बुझानु पर्ने हुन्थ्यो । बुझाउन सकिएन भने ईमान जमान जान्छ भन्ने कति ठूलो डर हुन्थ्यो । धर्म कर्ममा मानिसहरु कति बिश्वास गर्थें । आज पनि श्रीपन्चमी गाउँघरमा कसैले पनि लगेको उधारो बुझाउने दिन,विद्यार्थीहरुले आफ्नो विद्या वुद्धि र कुशलताकोलागि देवी आव्हान गर्ने दिनको रुपमा यो पर्व मनाइन्छ । अनेक कारणले वसन्त पञ्चमी एक महत्वपुर्ण धार्मिक दिन हो । आधुनिकता सगै श्रीपन्चमीको केही मानिसहरुले खिल्ली उढाउन लागेता पनि जो धार्मिकताले प्रभावित छ्न उनिहरु र बिद्यार्थीहरुका लागि श्रीपन्चमी को महिमा आज पनि उत्तिकै छ । गाउँ घरमा भाके, उधारो अझैसम्म पनि छ र तो तिर्नु पर्ने दिनका रुपमा लिइन्छ । यदि उक्त दिनको रात १२ बजे सम्म पनि तिर्न सकिएन भने ड्न्डको भागी बन्नु पर्छ ।

Read more

ट्रेड युनियन आन्दोलन : इतिहासको गौरव, वर्तमानको चुनौती र भविष्यको जिम्मेवारी

अधिकारको रक्षा, राजनीतिक स्वायत्तता, श्रमिक एकता र कर्तव्यप्रतिको इमानदारी आजको आवश्यकता-घनश्याम रेग्मी परिचय मानव सभ्यताको विकास, सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको आधार श्रम हो। मानव समाजले आज हासिल…

गोर्खा विरासतको निर्णायक मोड : नेपालले अब भारतीय सेनामा भर्तीको ढोका खोल्नुपर्छ!

एउटा ऐतिहासिक सैनिक परम्परा, हजारौँ नेपाली युवाको भविष्य र नेपाल–भारत सम्बन्धको साझा गौरवलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन – सुबेदार मेजर अनरेरी क्याप्टेन रुकुमबहादुर राना, १ गोर्खा राइफल्स सम्पादित…

नारी अस्मितामाथिको प्रहार र न्यायको प्रश्न : अडियो प्रकरणको निष्पक्ष छानबिन होस्

दीपशिखा शर्मा |  एक्काइसौँ शताब्दीको सभ्य र आधुनिक युगमा पनि महिलाहरूले मानसिक यातना, अपमान, दमन र अन्यायको सामना गर्नुपरिरहेको वास्तविकता अत्यन्त दुःखद र चिन्ताजनक छ। समानता, मानव अधिकार…

कांग्रेसको १५औँ महाधिवेशन : अब नेतृत्व होइन, राजनीतिक दिशाको फैसला

युवराज खनाल, तनहुँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको माहोल तातिरहेका बेला स्वाभाविक रूपमा एउटा प्रश्न सबैभन्दा बढी सुनिन्छ— अब कांग्रेसको नेतृत्व कसले गर्ने? तर कांग्रेसका लागि यो प्रश्नभन्दा ठूलो…

किन बढ्दैछन् ईभी गाडीमा आगलागीका घटना? प्रविधि कि जोखिम?

विशेष लेख | दीपशिखा शर्मा। विद्युतीय सवारीसाधन (ईभी) लाई पेट्रोलियम पदार्थको विकल्प, कम सञ्चालन खर्च र वातावरणमैत्री यातायातको माध्यमका रूपमा लिने क्रम नेपालमा तीव्र बन्दै गएको छ। तर,…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…