6Shares

युव राज खनाल
शुक्ला १ तनहुँ

संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिनकारुपमा लिइन्छ आजका दिनलाई । आफूले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन अर्थात प्रणय दिवस।
कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ त्यो पनि समय उमेर परिस्थिति अनुसार त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो। प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्छ। मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेटाइन डे! यो दिनले धेरै मनबीचको पर्खाल भत्काउँछ। सीमारेखाहरू मेटाउँछ र दुई मुटुलाई एक गराउँछ। सुन्दर नयाँ संसारको सपना देखाउँछ।
आफ्नो मायालाई उत्साहका साथ प्रकट गर्नेकालागि भ्यालेन्टाइन डे एउटा विषेश दिन हो जुन दिन आफ्नो प्रेमलाई उत्साहका साथ प्रकट गर्ने गर्दछ्न । प्रेमी प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुशी प्रकट गर्दै भविस्यमा अझै गाढा माया बसोस् भनी कामना गर्ने पनि यही भ्यालेन्टाइन डे लाई हेरेको पाइन्छ ।
त्यस्तै मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू तथा घटनाहरू जसले हसायो, सायद रुवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्ने , त्यसलाई सम्झने दिन पनि भ्यालेन्टाइन डे लाई लिने गर्दछ्न ।
एक आपसमा समय बिताउने जस्तो रोमान्टिक र भावनात्मक अन्य कुराले हुँदैन। आपसमा समय बिताउनुको मतलब रेस्टुरेन्टमा गएर खाना खाने वा केही घन्टा मात्र समय बिताउने भन्ने होइन। कार्यालयको काममा वा ब्यापारिक काममा प्रायः सबै ब्यस्त हुन्छन्।
भ्यालेन्टाइन डे का दिन प्राय सबैले आफ्नो मिल्ने साथीसँग रमाईलो गर्ने भन्ने अपेक्षा राखेका हुन्छन्, तर आफ्नो यस अपेक्षालाई एउटा सीमा भित्र राख्नुपर्छ। साथीको पारिवारिक अवस्थाका बारेमा जानकार हुनु त्यत्तिकै महत्वपूर्ण हुन्छ।
जाजकल का युवा पुस्ता पुरा साता नै ‘भ्यालेन्टाइन विक’ का रूपमा सेलिव्रेट गरेको पाइन्छ । फेब्रुअरी ७ देखि १४ सम्म प्रत्येक दिन कुनै न कुनै रूपमा मनाउँछन्। फेब्रुअरी ७ मा गुलाफ दिन (रोज डे), ८ मा प्रस्ताव दिन (प्रपोज़ डे), ९ मा चकलेट दिन, १० मा टेडी डे, ११ मा वाचा दिन ( प्रमिस डे), १२ मा अंकमाल दिन (हग हे), १३ मा चुम्बन दिन (किस डे) र फेब्रुअरी १४ मुख्य दिन जसलाई धेरै युवा युवतीहरू प्रतिक्षारत छन्। यस दिनलाई प्रेम/प्रणय दिन (भ्यालेन्टाइन डे) भनेर चिनिन्छ।
भ्यालेन्टाईन डे जती नजिक आउछ त्यती नै यस दिनको प्रचार प्रसार ब्यापक हुँदै जान्छ। गुलाबी र रातो मुटुको आकार (लभ) का सामाग्रीहरु, चकलेट, रातो गुलाफको फूललगायत टिभी, पत्रपत्रिका र सामाजिक सन्जाल जताततै देख्न पाईन्छ। भ्यालेन्टाइन डेलाई प्रेमी प्रेमीकाले मात्र मनाउने हो भन्ने बुझाई गलत हो। श्रीमान श्रीमती बिच अनि साथीहरु बिच माया साटासाट गर्ने दिवसका रुपमा लिने हो भने अनुपयुक्त नहुने थियो होला ।
आफ्ना साथीभाई, परिवारसँग बसेर समय बिताउने, अतितका कुरा गर्ने, भविश्यको योजनाका कुरा गर्ने आदि जस्ता रचनात्मक सोच विचारमा समय बिताउन सक्नुहुन्छ। यदि तपाईँलाई यस दिन भ्याई नभ्याई छ, फुर्सत पाउन सक्नु भएन भने पनि केहि फरक पर्दैन, वर्षको पुरा ३६५ दिन नै तपाईँलाई प्राप्त छ। आफूलाई जुन दिन अनुकुल मिल्छ त्यही दिन साथीभाई, आफन्त वा प्रेमी प्रेमीका बिच माया साटासाट गर्न सक्नुहुन्छ।
१४ फेब्रुअरीका लागि धेरै मान्छेहरू विशेष गरी युवा युवतीहरू प्रतिक्षारत भएको पाईन्छ। वर्ष दिनको सवैभन्दा रोमान्टिक दिनका रूपमा मानिने ‘भ्यालेन्टाइन डे’ का लागि मान्छेहरू मायाँ र प्रेम बाँड्न आतुर हुन्छन् र आ-आफ्नै तरिकाले तयारीमा लागेको पाईन्छ। आफ्नो दक्ष्य अनुशार फूल, कार्ड, चकलेट, उपहार,किनमेल धेरै कुराको व्यवस्थापनमा मान्छेहरू व्यस्त भएको देखिन्छ।
बास्तबमा भन्ने हो भने हामीले पश्चिमी मुलुकबाट सकारात्मकभन्दा नकारात्मक बढी कुराको सिको गर्दै आएका छौं । भ्यालेन्टाइन डे पनि आज विकृतिको रूपमा फैलिँदै छ । अनावश्यक देखासिकी गरेर फूल र उपहारमा पैसा खर्च गरेर मात्रै माया हुँदैन । मायामा दुई मन मिल्नु जरुरी छ ।तर पनि प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो।
पछिल्लो समयमा आएर यस प्रणय दिवसले कता कता हाम्रो सस्कार र सस्कृतिलाई उजागर गरेको त हैन भन्ने देखिन्छ । २/३ तिर प्रेमको बाहाना बनाई दिनचर्या बिताइरहेका युवा युवतीलाई यश दिन समय म्यानेज गर्न नसकी प्रेम आएको खटपटले दुर्घटना पनि उब्जाएको देखिन्छ । वैवाहितक महिला पुरुषहरु पनि जो पहिलेको प्रेम प्रेमिका छ्न उनिहरु भेटघाट हुदा आपसी कलह र वैमनस्यता आएर छोड्पत्रको अबस्थामा समेत देखा परेका छ्न । प्रणय दिवस मनाउने रुपमानै छाडापन पनि देखा परेको पाइन्छ । तसर्थ नाटकि रुपमा हैन यदि सच्चा माया ममता छ भने यो दिवसको कुनै महत्व छैन । यदि यो दिवस मनाउने हो भने पनि आफ्नो र साथिको अनि समाजको मान र मर्यादाको पनि ख्याल गर्नु पर्छ जस्तो लाग्छ ।

 

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected