२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
शिक्षा

विद्यालयदेखि समुदायसम्म रोटरी न्युरोडको सेवा यात्रा

पोखरा। पोखरा महानगरपालिका–१३  स्थित आर्बा बिजयी माध्यमिक विद्यालयमा रोटरी क्लब अफ पोखरा न्यूरोडले एक थान कम्प्युटरसहित ७५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ। विद्यार्थीहरूको शैक्षिक स्तर उकास्ने र प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार सामुदायिक विद्यालयमा आवश्यक शैक्षिक सामग्रीको पहुँच विस्तार गर्नु नै यस कार्यक्रमको मुख्य लक्ष्य हो।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक पद्मावती अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बराल तथा सो वडाका जनप्रतिनिधि रजनी परियारले रोटरी क्लब अफ पोखरा न्यूरोडप्रति आभार व्यक्त गर्दै यस सहयोगले विद्यालयको पठन–पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

क्लबका प्रेसिडेन्ट इलेक्ट राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र शर्माले रोटरी क्लबले शिक्षा र स्वास्थ्यसँगै ग्रामीण क्षेत्रका गृहिणीहरूका लागि वितरण गरेको विद्युतीय चुलो प्रभावकारी रहेको उल्लेख गरे ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू सुभाष सिङ्देल, टुबराज बास्तोला र पुष्पकमल पौडेल,अब्रहम खानलगायतले रोटरी क्लबले शिक्षा, स्वास्थ्य र समुदाय विकासका क्षेत्रमा गर्दै आएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

क्लबका अध्यक्ष अमृत बास्तोलाले आगामी दिनमा सामुदायिक विद्यालय लक्षित शैक्षिक सामग्री वितरण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए । क्लबको स्थापना दिवसको उपलक्ष्यमा आयोजना गरिएको यस कार्यक्रमले क्लबका सदस्यहरूमा थप उत्साह र हौसला प्रदान गरेको उनले बताए । कार्यक्रममा क्लबका सदस्यहरू, विद्यालय परिवार तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Read more

सेफ किड्स प्रि-स्कुलमा “गुड पेरेंटिङ कार्यक्रम २०८३” सम्पन्न

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुल द्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा…

मदरल्याण्डका विद्यार्थी राष्ट्रिय गणित क्विजमा च्याम्पियन

पोखरा । पोखरास्थित मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरूले राष्ट्रियस्तरको माध्यमिक विद्यालयस्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्। गणित शिक्षा परिषद्ले पहिलो संस्करणका रूपमा आयोजना…

छोरेपाटन मा.विमा होटल व्यवस्थापन (एचएम्) पढाइ सुरु हुने

पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले…

फागुन ४ देखि १८ गतेसम्म चुनावी प्रचार प्रसार : आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। २०८२…

मेयर धनराज आचार्यद्वारा विन्ध्यवासिनी माविमा १ लाख ११ हजारको शैक्षिक अक्षयकोष स्थापना

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मेयर आचार्यले १ लाख…

पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा…