२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यखबर

व्यवसायीलाई स्थायित्व चाहियो, निजी क्षेत्रमैत्री नीति अपरिहार्य : अन्जन श्रेष्ठ

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर चुनौतीको अवस्थामा रहेको उल्लेख गर्दै व्यवसायीलाई दीर्घकालीन स्थायित्व र निजी क्षेत्रमैत्री नीति अपरिहार्य भएको बताएका छन् ।

अधिकृत विक्रेता संघ पोखराको १९औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राजनीतिक अस्थिरता, प्राकृतिक विपद्, महामारीलगायत कारणले पटक–पटक व्यवसाय क्षेत्रमा गम्भीर असर पुगेको बताए । चुनौतीबीच पनि व्यवसायीहरू अघि बढ्न बाध्य भएको उनको भनाइ थियो ।

श्रेष्ठले जेन्जी आन्दोलन बेथितीको अन्त्यका लागि आवश्यक रहेको भए पनि आन्दोलनको दोस्रो दिन घुसपैठका कारण भएको तोडफोड र विध्वंस दुःखद भएको टिप्पणी गरे । निजी क्षेत्रको मनोबल खस्किएको अवस्थामा राज्यले निजी क्षेत्रलाई हेर्ने, बुझ्ने र सोच्ने दृष्टिकोणमै परिवर्तन आवश्यक रहेको उनले जोड दिए ।

“राज्यको करिब ७५ प्रतिशत योगदान निजी क्षेत्रबाटै आएको छ,” उनले भने, “तर नीतिगत तहमा निजी क्षेत्रप्रति नकारात्मक दृष्टिकोण देखिन्छ । सरकारले बुझेको जस्तो देखिए पनि ब्युरोक्रेसीले निजी क्षेत्रको मर्म नबुझेको अनुभूति व्यवसायीमा छ ।”

उनले निजी क्षेत्र प्रवर्द्धनसम्बन्धी नीति तत्काल ल्याउन, लगानी सुरक्षाको सुनिश्चितता गर्न तथा व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे । नेपालमा निजी क्षेत्र र समग्र अर्थतन्त्र किन पछाडि धकेलियो भन्ने विषयमा गहिरो समीक्षा गर्दै अब स्पष्ट रूपमा निजी क्षेत्रमैत्री नीति निर्माण गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा गण्डकी प्रदेशको समृद्धिका लागि कावासोती–पोखरा सुरुङ मार्ग निर्माणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि औँल्याइयो । यस्तो पूर्वाधारले प्रदेशको आर्थिक गतिविधिलाई तीव्रता दिने श्रेष्ठको विश्वास थियो ।

अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष मनोज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, नेपाल वितरक महासंघका निवर्तमान अध्यक्ष हरिराज पन्त, संघका संस्थापक अध्यक्ष गोविन्दप्रसाद कर्माचार्य, नेपाल वितरक महासंघ गण्डकी प्रदेश अध्यक्ष बद्री ढुङ्गाना, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख शिव सुवेदी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाका अध्यक्ष पुरुषोत्तम कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अवसरमा अध्यक्ष मनोज कुमार श्रेष्ठले आफ्नो कार्यकालमा विभिन्न समितिका संयोजकहरूलाई प्रशंसा पत्र वितरण गरेका थिए । साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै नयाँ सदस्यहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । एसईई उत्तीर्ण विद्यार्थीहरू कृष्पि श्रेष्ठ, प्रशंसा वाग्ले, सुभाशी शर्मा र स्योन श्रेष्ठलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…