अधिकृत बिक्रेता संघ पोखराको १९औँ साधारण सभा तथा १०औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल
- January 11, 2026
- 117

पोखरा । अधिकृत बिक्रेता संघ पोखराको १९औँ साधारण सभा तथा १०औँ अधिवेशन शनिबार वाटरफ्रन्ट रिसोर्ट, पोखरामा सम्पन्न भएको छ। अधिवेशनले तेजेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष मनोजकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष दिलिपकुमार श्रेष्ठ, उपाध्यक्ष रवि सापकोटा, महासचिव राजेन्द्र श्रेष्ठ, उप–महासचिव ज्ञानेन्द्र गौतम, कोषाध्यक्ष देबेन्द्र प्रजु र सह–कोषाध्यक्ष नवराज अधिकारी चयन भएका छन्। सदस्यहरूमा अमृत सापकोटा, धुबराज थापा, बिजेन्द्र शर्मा पौडेल, सन्दिप भट्टराई र विनय राजभण्डारी रहेका छन्।
उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै निजी क्षेत्रमैत्री नीति, लगानी सुरक्षा र व्यवसायमैत्री वातावरण अपरिहार्य भएको बताए। उनले निजी क्षेत्रबाट करिब ७५ प्रतिशत योगदान रहे पनि नीतिगत तहमा नकारात्मक दृष्टिकोण देखिएको टिप्पणी गरे।

कार्यक्रममा विभिन्न उद्योग–व्यवसायिक संघका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने संयोजकहरूलाई प्रशंसा पत्र, अतिथिहरूलाई मायाको चिनो तथा नयाँ सदस्यहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो। साथै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।






सम्बन्धित खवर














