२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
स्वास्थ्य

महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ फिनिक्सद्वारा आयोजित “महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम (भाग–३)” गत पौष २७ गते आइतबार ललितपुरको नख्खुपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आइ नेपाल, एरिया–६, रिजन–१४, जोन–३२ अन्तर्गतको क्लब  काठमाडौँ फिनिक्सका अध्यक्ष  दीपशिखा शर्माको अध्यक्षतामा तथा द्वितीय उपाध्यक्ष लायन यशोदा गुरुङको सक्रियतामा सम्पन्न कार्यक्रममा मल्टिपल डिस्ट्रिक्ट कोअर्डिनेटर मनबहादुर रोक्काको  प्रमुख आतिथ्यता रहेको थियो भने डिस्ट्रिक्ट एडमिनिष्ट्रेटर राजु चालिसे, डिस्ट्रिक्ट कोअर्डिनेटर सरिता श्रेष्ठ तथा जोन चेयरपर्सन सुमन खरेल शर्मालगाएतको विशेष उपस्थिति रहेको थियो।

डिस्ट्रिक्ट कोअर्डिनेटर तथा महिला मेनोपोज तथा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम संयोजक सरिता श्रेष्ठले सहभागी ४५ जना महिलालाई मेनोपोजका कारण, लक्षण, देखिने समस्या तथा समाधानका उपायबारे जानकारी दिएकी थिइन्। साथै, रजोनिवृत्तिको समयमा मानसिक सन्तुलन कसरी कायम गर्ने भन्ने विषयमा पनि उनले प्रशिक्षण दिइन्।

कार्यक्रमको दोस्रो सत्र अन्तर्गत मानसिक स्वास्थ्य सुदृढीकरण क्लबका  प्रथम उपाध्यक्ष यशोदा गुरुङले सञ्चालन गरेकी थिइन्। यस क्रममा तनाव व्यवस्थापन, ध्यान अभ्यास, सहानुभूति तथा कृतज्ञता अभ्यास जस्ता व्यवहारिक गतिविधि गराइएको थियो।

प्रमुख अतिथि  मनबहादुर रोक्काले वर्तमान सामाजिक परिस्थितिले मानसिक स्वास्थ्यमा पारेको प्रभावबारे चर्चा गर्दै यस्ता सचेतनामूलक कार्यक्रम समय सान्दर्भिक र आवश्यक रहेको बताए। त्यसैगरी, विशेष अतिथि राजु चालिसेले महिलामुखी मानसिक स्वास्थ्य कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रम अमेरिका निवासी वरिष्ठ पत्रकार तथा समाजसेवी शेखर ढुंगेलको विशेष सहयोगमा सम्पन्न भएको हो। आयोजक लायन्स क्लब अफ काठमाडौँ फिनिक्सले सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ।

Read more

पोखराबाट सुरु भएको युआरएल अब ‘ग्रुप’मा रूपान्तरण

२१ शाखासहित सेवा विस्तार, नयाँ नेतृत्व चयन पोखरा । पोखरा न्युरोडमा १३ वर्षअघि स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) अब ‘युआरएल ग्रुप’मा रूपान्तरण भएको छ। शुक्रबार सम्पन्न विशेष…

“ऐन–नियमअनुसार जिम्मेवारी पूरा गर्दै अस्पतालको श्रीवृद्धिमा नेतृत्व दिनुहोस्”-स्वास्थ्य मन्त्री पाठक

गण्डकीका १६ प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया पोखरा, फागुन ११ — गण्डकी प्रदेश सरकार , स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका २ आयुर्वेद अस्पतालसहित कुल…

पोखरामा दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर, ५ सय ५५ जनाको स्वास्थ्य जाँच

पोखरा, ५ पुस। गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार पोखराका दुई स्थानमा निःशुल्क रक्त परीक्षण शिविर सम्पन्न…

स्थापनाको १३ वर्षमै चरक हस्पिटल प्रदेशकै भरोसायोग्य स्वास्थ्य सेवा केन्द्र बन्दै

पोखरा, २२ मंसिर। पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवा यात्राको १३ वर्ष पूरा गर्दै विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले शनिबार रक्तदान…

 पोखरा ग्लोरीद्वारा स्याङ्गजामा बृहत् आँखा शिविर, २५० भन्दा बढी लाभान्वित

स्याङ्गजा। स्याङ्गजा, पुतलिबजार–१४, लामागेस्थित श्री श्रवण माध्यमिक विद्यालयको प्रांगणमा लायन्स क्लब अफ पोखरा ग्लोरीद्वारा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ। शिविरमार्फत २५० भन्दा बढी स्थानीयवासीले आँखा स्वास्थ्य…

महिला मेनोपोज र मानसिक स्वास्थ्यबारे “कस्तो छ साथी?–भाग २” सम्पन्न

काठमाडौं । महिला स्वास्थ्य र मानसिक सशक्तिकरणलाई केन्द्रबिन्दु बनाएर आयोजना गरिएको “कस्तो छ साथी?–भाग २” कार्यक्रम शनिबार काठमाडौँको गौशाला स्थित अनुपम फुड ल्याण्डमा सम्पन्न भएको छ। लायन्स अन्तर्राष्ट्रिय…