67Shares

पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोलीहरूलाई अप्रत्याशित चुनौती सामना गर्नुपरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएका खेलहरूमा महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लब र थाइल्याण्ड क्विन्स तथा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

महिलातर्फ भएको पहिलो खेलमा न्यू डायमण्डले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पार्‍यो । न्यू डायमण्डले २५–१७, २५–२१ र २५–२३ को जित निकाल्दा सुमित्रा रेग्मी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

महिलातर्फकै अर्को खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित गर्दै शानदार पुनरागमन जित दर्ता गर्‍यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । आजकै अन्तिम खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीलाई प्रतियोगिताकै पहिलो हार चखायो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिप माघ १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविन प्रणालीमा शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

67Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected