
पोखरा। पोखरा लेडी जेसीज वर्ष २०२६ को शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ।
शनिबारका पोखरा ड्यामसाइडस्थित होटल स्टेमा पोखरा लेडी जेसीज वर्ष २०२६ का शाखा पदाधिकारीहरूलाई आफ्नो पदिय दायित्व तथा जिम्मेवारीबारे बोध गराउने र जेसीज अभियानका विषयमा स्पष्ट जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित उक्त तालिम आयोजना गरिएको पोखरा लेडी जेसीज वर्ष २०२६ का अध्यक्ष सुनिता गौतम भण्डारीले जानकारी दिइन्।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकका रूपमा पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष जेसिआइ सिनेटर इन्जिनियर किरण के.सी.ले प्रशिक्षण प्रदान गरेका थिए। उनले जेसीज नेतृत्व, संगठन सञ्चालन, पदाधिकारीको भूमिकालगायत विषयमा व्यावहारिक प्रशिक्षण दिएका थिए ।
पोखरा लेडी जेसीज वर्ष २०२६ का अध्यक्ष सुनिता गौतम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेडी जेसीजका पूर्व अध्यक्षहरू संगिता पौडेल तथा गायत्री फुयाँललगाएत सम्पूर्ण बोर्ड सदस्यहरूको उत्साहजनक सहभागिताले तालिम कार्यक्रम अझ प्रभावकारी र सफल बनेको आयोजकले जनाएको छ।
सरिता भुजेलले संयोजन गरेको कार्यक्रम सचिव सृजना आलेको सञ्चालन रहेको थियो।











