२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
विज्ञान प्रविधिस्थानिय समाचार

हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई सञ्चार मन्त्रीको निर्देशन

काठमाडाँै, १३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लाहरुमा तत्काल इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिनु भएको छ ।
मन्त्री गुरुङले टेलिकमका सबै सेवालाई गुणस्तरीय बनाउन पनि सचेत गराउनु भयो । नेपाल टेलिकमका पदाधिकारीलाई मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाएर टेलिकमको टावरलगायतका पूर्वाधारहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्नका लागि समयमै आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नु भयो । सेवा विस्तारको क्रममा ठेकेदार कम्पनीले काम गर्न सकेन भनेर भन्नुपर्ने अवस्था नआउने गरी काम गर्नुपर्ने आवश्यक्ता पनि मन्त्री गुरुङले औंल्याउनुभयो । उहाँले व्यापारिक फाईदा नहेरी टेलिकमलगायतका सूचना प्रविधिको विकासमा तीव्रताका साथ काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
“व्यापारमा फाईदा हुँदैन कि भनेर चुुप लागेर नबसौं,” ठेकेदार कम्पनीप्रति संकेत गर्दै मन्त्री गुरुङले भन्नुभयो,“ आफूले जिम्मा लिएको जिल्लामा समय अगावै काम सकौं ।” त्यसो हुन सकेमात्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा आलीको ‘डिजिटल नेपाल’ बनाउने परिकल्पना साकार हुने उल्लेख गर्दै मन्त्री गुरुङले देशमा भ्रष्टाचार र ढिलासुस्तीको अन्त्य गर्न सूचना प्रविधिको विकासमा ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…