
काठमाडौं, देशभरका ७ सय ५३ वटै स्थानीय सरकारहरु आफ्नो क्षेत्रका नागरिकहरुलाई पर्याप्त र गुणस्तरीय पानी उपलब्ध गराउने योजना बनाउन अग्रसर भएका छन् ।
खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्ने स्मार्ट वास प्रा.लि.ले हालै राजधानी आयोजना गरेको वेविनारमा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्यरत विज्ञहरुले यसको जानकारी दिनुभएको हो ।
वेविनारमा सहभागी जनप्रतिनिधिहरुले खानेपानी र सरसफाई जीवनको आधार भएकोले आफ्नो पालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो ।
त्यस्तै सिरहाको धनगढी नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले यूनिसेफको सहयोगमा नगरमा खानेपानीको दीर्घकालीन योजना बनाउने कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले दिगो विकास कार्यक्रमले राखेका लक्ष्यहरु पूरा गर्न नगरपालिकालाई सन २०३० सम्म थप डेढ अर्ब रुपैया आवश्यकता हुने बताउदै यसका लागि नगरपालिकाले खानेपानी तथा सरसफाई कोष नै स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा स्मार्ट वासका प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले खानेपानी तथा सरसफाईको क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्ने क्रममा देखिएका कमजोरीका बारेमा प्रकाश पार्नुभएको थियो ।











