ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा दुःख व्यक्त
- June 10, 2021
- 4266

0Shares
दमौली, २७ जेठ \ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ब्रम्हाकुमारी राजयोग केन्द्र दमौलीका सचिव राजु खड्काको निधनप्रति दुख व्यक्त गर्नुभएको छ ।
खड्काको बुधबार काठमाडौमा उपचारका क्रममा निधन भएको थियो । आज शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता पौडेलले दमौली र यस सेरोफेरोमा झण्डै डेढ दशकदेखि राजयोग तथा आध्यात्मिक सकारात्मक चिन्तनको क्षेत्रमा क्रियाशील रहेर प्रशिक्षण दिँदै आएका प्रशिक्षक एवं उर्जाशील युवा खड्काको निधन भएको खबरले अत्यन्तै मर्माहत बनाएको उल्लेख गर्नुभयो ।
“मीठो बोलीवचन, मिजास र एकदमै सरल स्वाभावका धनी राजुले दमौलीमा रहि आध्यात्मिक जीवन र राजयोगको शिक्षा विस्तारबाट असल समाज निर्माणमा पु¥याउनुभएको योगदान सबैका लागि प्रेरणादायी बनी हाम्रो स्मरणमा सदैव रहनेछ,” पौडेलले भन्नुभयो ।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















