0Shares

पोखरा भ्यूज सम्वाददाता

पोखरा- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस एक भए संसारको कुनै पनि शक्तिले हराउन नसक्ने बताएका छन् । नेपाली काँग्रेस पोखरा १७ ले आइतबार पोखरामा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेस पार्टी सबैभन्दा शक्तिशाली रहेको दावी गरेका हुन् ।

प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशनतर्फ संकेत गर्दै एकजुट भएर महाधिवेशन सम्पन्न गर्न कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । उनले सकेसम्म सहमतिमा निर्विरोध रुपमा महाधिवेशन सम्पन्न गर्न र नसके स्वस्थ्य प्रतिस्पर्धा गर्न समेत सुझाउ दिएका छन् ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस पोखरा १७ को भवन निर्माणार्थ रु. ५० लाख रुपियाँ दान गर्ने प्रजातन्त्रसेनानी समाजसेजी लिलाभक्त आचार्य दम्पत्तिलाई सम्मान गरे । आचार्य पुराना कांग्रेस कार्यकर्ता हुन् । पोखरा निवासी ९३ वर्षीय आचार्य अझै पनि समाजसेवा क्रियाशील छन्। यसअघि प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आयोजित एक विशेष समारोहबीच गण्डकी प्रदेशसलाई साक्षर प्रदेश घोषणा गरेका थिए ।

आइतबार पोखरा आएका प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी काठमाडौं फर्किएका छन् ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवासहितको टोली ।
प्रधानमन्त्री देउवा सवार सेनाको हेलिकप्टर निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै

 

प्रजातन्त्र सेनानी लीलाभक्त आचार्य दुई श्रीमतीका साथमा

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected