0Shares

पोखरा भ्यूज
काठमाण्डौ । गृहमन्त्रालयले पुनः थप केही जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । मन्त्रालयका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयले प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरिएको हो ।

सरुवा हुनेमा पाँच प्रमुख जिल्ला अधिकारीसहित १२ कर्मचारी छन् ।

मन्त्रालयका अनुसार पाँच जिल्लाका प्रजिअमध्ये तीनलाई गृह मन्त्रालय एकलाई विपद् व्यवस्थापन विभाग र एकलाई प्रजिअकै रुपमा अर्को जिल्ला काज सरुवा गरिएको छ । जसअनुसार डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज नेपाललाई गृहमन्त्रालयमा तानिएको छ ।

यसैगरी मन्त्रालय तथा विमाग अन्तर्गतका सात जना सहसचिव तथा उप सचिवलाई विभिन्न जिल्लाको प्रजिअको जिम्मेवारी दिएको छ ।

गृहमन्त्रालयले मिति २०७८।०६।३१ गते गरेको निर्णय
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected