0Shares

पोखरा भ्यूज

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा वृद्धि गरेपछि त्यसको प्रत्यक्ष असर शेयर बजारमा परेको छ । यसबाट शेयर बजार ओरालो यात्रातर्फ अघि बढ्ने संकेत देखिएको छ ।

दशैं बिदापछि खुलेको शेयर बजार सोमबार दोस्रो दिन सुरुदेखि नै सेयर बजार ओरालो लागिरहेको छ । व्याजदरको वुद्धिसँगै शेयर बजारमा प्रेशर परेपछि बजारले ओरालो यात्रा सुरु गरेको हो ।

यो समाचार तयार पार्दासम्म सेयर कारोबार मापक नेप्से परिसूचक करिब ७० अंकले घटेर २ हजार ५ सय ८७.९२ अंकमा झरेको छ । यो समयसम्म करिब १ अर्ब ५४ करोड रुपैयाा बराबरको मात्र सेयर कारोबार भएको छ ।

अघिल्लो दिन अर्थात् आइतबार करिब साढे १७ अंकले बढेर नेप्से २ हजार ६ सय ५७ अंकमा पुगेर बन्द भएको थियो ।।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected