
0Shares
पोखरा भ्यूज
नुवाकोट । काठमाडौं जाँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मनकामनाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
स्थानीय किस्पाङ–१ भाल्चे हुँदै काठमाडौं जाँदै गरेको सो बस सोमबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका घाइतेहरुलाई उपचारका लागि जिल्ला त्रिशूली पठाइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बसमा ३० जनाभन्दा बढी यात्रु सवार थिए ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















