साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई विमानस्थलमा भव्य स्वागत
- October 18, 2021
- 2430

पोखरा भ्यूज
काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आएको फुटबल टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
कतार एयरवेजमाफर्तत नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरूको टोली बिहान सवा ९ बजे विमानस्थलमा अवतरण गरेको थियो ।
फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको संख्यामा प्रशंसकहरुको भीड लागेको थियो ।
टोलीको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज समेत विमानस्थलमा पुगेका थिए । नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएर फुटबल टोलीलाई स्वागत गरेको थियो । बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत घन्काएका थिए ।
माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा नेपाल भारतसँग ३ ० ले पराजित भएको थियो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगे पनि उपविजेतामा थन्किनु परेको हो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले नगद २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।







सम्बन्धित खवर
















