4Shares

पोखरा भ्यूज
पोखरा । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पोखरा महानगरपालिका मेयर मानबहादुर जि.सी. लाई भेटी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

एमाले कास्कीको वुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन मंगलबार पोखरा आएका महासचिव पोखरेल जिसी निवास पुगेका थिए । त्यस क्रममा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री तथा एमाले नेता जगत विश्वकर्मा, एमाले नेता भीम कार्की, प्रदेश सांसद राजीव पहारी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पर्वतको फेलवास नगरपालिकाका प्रमुख पदमपाणी पौडेल समेतका नेताहरु पनि मयेर जिसी निवास पुगको थिए ।

गत साउन १ गते अचानक मष्तिस्क घात भएपछि उनको काठमाडौंमा उपचार गरिएको थियो । मेयर जिसी गत असोज २३ गते पोखरा पछि उपमेयर मञ्जु गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर घरमै आराम गरिरहेका छन् । हाल मेयर जिसीले नियमिति फिजियोथेरापी गरिरहेको पारिवारिक स्रोतले बताएको छ ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected