2Shares

पोखरा भ्यूज
काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच वार्ता भएको छ । वार्तामा पूर्ववर्ती सरकारले विप्लवसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनबारे मंगलबार गृहमन्त्रालयमा छलफल भएको हो ।

छलफल सकारात्मक ढंगले अघि बढेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहसँग २० फागुन २०७७ मा तीनबुँदे सहमति गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको छलफलमा महान्यायाधिवक्ता खम्मबहादुर खाती, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत सहभागी थिए। छलफलमा विप्लव समूहका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूको अवस्थाबारे दुवै पक्षबाट पेश गरिएको सूचीलाई अन्तिम रुप दिने सहमति भएको छ ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected