
0Shares
पोखरा भ्यूज
बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा गएको नेपाली सेनाको हेलिकप्टर उद्दार नगरी फर्किएको छ ।
बाढीमा फँसेकाहरुको उद्दारका लागि सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण उद्दार नगरी फर्किएको हो । जिल्ला प्रशासन कार्यालय, बैतडीका अनुसार सुर्खेतबाट उद्दारका लागि घटनास्थल पुगेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण अवतरण गर्न नसकेपछि उद्दार नगरी फर्किएको हो । यद्यपि घटनास्थलमा सोमबार राति १० बजेदेखि नै करिब ६० स्थानीय उद्दारको पर्खामा छन् ।
नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु बनाएको छ । टापु जुनसुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरुले छिट्टो उद्दार गरी दिन सरकारसँग अनुरोध गरेका छन् ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















