
पोखरा भ्यूज
बझाङ । बझाङमा सोमबार राति गएको पहिरोमा परी दुई घरपरिवारका २४ जना बेपत्ता भएका हुन् । जिल्लाको थलारा गाउँपालिका वडा नं. ४ डिक्लामा खसेको पहिरोमा परी २४ जना बेपत्ता भएका हुन्।
गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएका थिए । बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेको छन् । यतिबेला पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् ।
अहिले गाउँ नै पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा पुगेका छन् । पहिरो खसिरहेकाले बेपत्ता भएकाहरुको खोजी तथा उद्दार गर्न समस्या भएको छ । यस्तै पहिरोले जयपृथ्वी नगरपालिका १ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् ।
यस्तै अविरल वर्षाका कारण सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल समेत बगाएको छ । त्यहाँका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु उच्च जोखिममा परेको प्रहरीले बताएको छ ।







सम्बन्धित खवर
















