0Shares

पोखरा भ्यूज
सुनसरी । बेमौसी बाढीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ ।

सुनसरी खोला निर्माणाधीन सबस्टेसनमा पसेपछि सबस्टेसनमा ठूलो क्षति भएको हो । आउँदो पौषमहिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी दुवै सबस्टेशनको काम तीव्र गतिका साथ अघि बढेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएर ध्वास्त पारेको छ ।

जडानका लागि राखिएका उपकरणहरु समेत डुबेका छन् । भने केही उपकरणहरु बगाएर लगेको छ । अहिले कार्यालय भवनसमेत डुबानमा परेको छ । खोला सबस्टेसनभित्रैबाट बगिरहेकाले क्षति हुने क्रम जारी छ । सबस्टेशनमा रहेका रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ सुनसरी प्रहरीले बताएको छ ।

४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected