
0Shares
पोखरा भ्यूज
काठमाडौँ — लगातारको बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका जिल्लामा ३१ जनाको मृत्यु भएको र ४३ जना बेपत्ता भएको गृहमन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयले बुधबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै सो विपद्मा परी २२ जना घाइते भएको जनाएको छ । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
प्राप्त पछिल्लो विवरणअनुसार इलाममा ७, पाँचथरमा ६, डोटीमा ७, धनकुटामा ६, सुनसुरीमा २, कालीकोटमा १, डडेलधुरामा १ सहित ३१ जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै पहिरोमा परेर हुम्लामा ६, बझाङमा २३, कैलालीमा ४ सहित विभिन्न जिल्लाका ४३ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । हालसम्म विभिन्न जिल्लाबाट ७०० को उद्धार गरिएको छ ।

![]()


0Shares




© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।













