0Shares

पोखरा भ्यूज
काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओको बिक्री आवेदन खुला गरेको छ । कम्पनीका अनुसार ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरिएको छ ।

निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ ।

त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन । सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आईपीओमा आवेदन दिन पाउने छन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम् २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासनको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected