0Shares

पोखरा भ्यूज

काठमाडौं । प्रहरी प्रधान कार्यालले बाढी पहिरोबाट भएको मानवीय क्षतिको पछिल्लो विवरण सार्वजनिक गर्दै शुक्रबारसम्‍म १११ जनाले ज्यान गुमाएको बताएको छ । घटनामा अझै ३७ जना बेपत्ता छन् ।

बाढीपहिरोमा परी प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाले ज्यान गुमाएका छन् । देशभर कुल ४२ जना घाइते भएको प्रहरीको अभिलेख छ । बाढी पहिरामा परी प्रदेश १ मा ११, २ मा एक, लुम्बिनी र कर्णाली प्रदेशमा एक÷एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी ३७ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीको कारण दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । त्यस्तै ७८ घर, १६ गोठ, छ वटा पुल, एक विद्यालय र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ । घटनामा १८६ वटा पशु चौपाय मरेका छन् । बाढी पहिरोबाट एक हजार १८८ घर परिवार विस्थापित भएका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected