2Shares

काठमाडौं । निरन्तर ६ कारोबार दिन उकालो लागेर सोमबार झरेको नेप्से मंगलबार २३.७६ अंकले उकालो लागेर २८४३.६२ विन्दुमा रोकिएको छ। बजार खुल्ने बित्तिकै ओरालो लागेको बजारले मध्यान्हपछि उकालो लागेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स २.८४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ।

यस दिन २३० कम्पनीको ५९ हजार ८८१ पटकको कारोबारमा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार रुपैयाँ बराबरको ९९ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected