0Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २८ गते डाकिएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई सहभागीताका लागि अनुरोध गरेका छन् ।

यद्यपि बैठकको कार्यसूची भने सार्वजनिक गरिएको छैन । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने अनुमान छ । यद्यपि रौतहट काँग्रेसीहरु पार्टी केन्द्रीय कार्यालयमा अनसनमा रहेकोको सन्दर्भमा काँग्रेस बैठक त्यसतर्फ केन्द्रि हुने एक नेताले बताएका छन् ।

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको, पूराना क्रियाशील सदस्यता नवीकरण नगरिएको लगायतका माग राखी विगत ११० दिनदेखि रौतहट काँग्रेस अनसनमा छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर ३ गते प्रदेशसभा, ६ गते क्षत्रीय, १० गते जिल्ला, १६ र १७ गते सातै प्रदेश र २४ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected