0Shares

काठमाडौं । नेपाली कांग्रेसले रसुवा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिएपछि क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिएको छ । रसुवाको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको थियो । लामो छलफलपछि रसुवामा क्रियाशील सदस्यता विवाद टुंगिएपछि सोमबार नै कांग्रेसको केन्द्रीय निर्वाचन समितिले रसुवाको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरेको छ ।

रसुवामा नयाँ–पुराना गरी ३,८८० जनाको सदस्यता सूची सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ । अब रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक हुन बाँकी छ ।रसुवामा तत्कालिन नयाँ शक्ति पार्टीबाट प्रवेश गरेकाहरुलाई दिइएको क्रियाशील सदस्यतालाई लिएर विवाद थियो । नयाँ शक्तिबाट आएकालाई करिव १२ सय क्रियाशील सदस्यता वितरण गरिएको थियो ।

कांग्रेसमा १६ सय क्रियाशील सदस्य रहेकामा तत्कालिन नयाँ शक्तिबाट त्यति नै संख्यामा क्रियाशील सदस्यता थपिएका छन् । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्तालाई कमजोर बनाउने गरी अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै रसुवामा विवाद भएको थियो ।

निर्वाचन समितिका अनुसार रसुवामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । रसुवासहित वडा अधिवेशन नभएका जिल्लामा २७ गते अधिवेशन हुने गरी निर्वाचन समितिले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

कांग्रेसको १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । निर्वाचन समितिले अधिवेशन नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिसकेको छ ।
उता क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण रौतहटको अधिवेशन भने अन्यौलमा छ ।

निर्वाचन समितिले अधिवेशन नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । क्रियाशील सदस्यता धाँधलीपूर्ण भएको भन्दै १०९ दिनदेखि रौतहटको प्रतिनिधि सभा क्षेत्र –१ का नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनसनमा छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २७ सम्म काठमाडौंमा हुँदैछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected