1Shares

पोखरा भ्यूज
बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्रको एजेण्डा छाडेमा पार्टी एकता गर्न तयार रहेको खुलासा गरेका छन् । राप्रपा नेपालले विहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो खुलासा गरेका हुन् । यद्यपि उनले पार्टी एकताको औपचारिक प्रस्ताव गरे नगरेको बारे केही खुलाएनन् ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए। अध्यक्ष थापाले परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली दुवै परिर्वतन गर्नुपर्ने बेला आएको दावी गरे । उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नहुँदा सांसद किनबेच हुने, पूर्णकार्य कालसम्म सरकार नटिक्ने भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने तर्क गरे ।

अहिलेको मिश्रति निर्वाचन प्रणाली असाध्यै महँगो भएकाले यसबाट पनि भ्रष्टाचार मौलाउन थालेकाको सन्दर्भमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान उपयुक्त हुने अध्यक्ष थापाको तर्क छ ।
उनले राप्रपा नेपालले राजतन्त्रको एजेण्डा छाडेको बताउँदै अब पार्टीले हिन्दु राष्ट्र पुनःस्थापना, लोकतन्त्र र राष्ट्रियतालाई मुख्य एजेण्डा बनाएको जानकारी दिए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected