34Shares

पोखरा भ्यूज

१७ माघ, पोखरा । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धतासम्बन्धी महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रममा पोखरा ७ भित्रका विभिन्न टोल विकास, आमा समुह, युवा क्लव र महिला क्लवबाट करिव ४० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई लिङ्ग र लैङ्गिकता, महिलाको अवस्था र कानूनी व्यवस्था, लैगिंक हिंसा, कारण र न्यूनीकरणमा महिला तथा पुरुषको भूमिका लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा अधिवक्ताद्वय गिता कुमारी लामिछाने र लक्ष्मण शर्मा र एवं रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो । कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभएको थियो ।

34Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected