२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
स्थानिय समाचार

महानगरले अवैद्य रुपमा पल्टिङ गरेको जग्गामा डोजर चलायो

पोखरा । पोखरा महानगरपालिकाले पामेमा अवैद्य रुपमा पल्टिङ गरेको भन्दै सोमबार डोजर चलाएको छ । रामसार क्षेत्र घोषणा भएको पोखरा वडा नम्बर १८ र २४ मा महानगरको अनुमति विना नै धमाधम पल्टिङ भएपछि मेयर धनराज आचार्यको निर्देशनमा करिब ९० रोपनि जग्गाको पल्टिङ भत्काइएको हो । जग्गा धनी देवेन्द्र केसी, प्रकास केसी र नगेन्द्र सुवेदीले घडेरी बनाइसकेको अवस्थामा महानगरले भत्काएको हो ।
पोखरा महानगरपालिका अन्तरगत वडा नं. १८ र २४ मा पर्ने फेवातालको किनारमा रहेको कि.नं. १४०४-५, १२७३, १२७४, २२५८-२०, ३३८८- ९१ लगायतका जग्गाहरुमा प्रचलित कानून वमोजिम सम्बन्धित वडा कार्यालय तथा यस कार्यालयबाट अनुमति/विना ईजाजत, स्वीकृती वेगर अटेर गरी डि.पि.सी. गर्ने ल्पटिङ्ग गर्ने मिसिनरी समान प्रयोग गरी माटो उत्खनन गर्ने कार्य भएको भन्दै संरचना भत्काएको हो ।
पोखरा महानगरपालिका योजना अनुगमन तथा कानुन महाशाखा प्रमुख भरतराज पौडेलले करिब दुई रोपनी जग्गा पुरि कृषि प्रायोजनको अनुमति एक वर्षअघि लिएपनि धमाधम प्लटिङको काम हुनु गलत रहेको बताए । उनले विभिन्न तरिकाले महानगरपालिकाले आवास क्षेत्र घोषणा गरेको भनिएपनि हालसम्म त्यस्तो प्रमाण नभेटिएको सुनाए । उनले जग्गा वर्गिकरण गर्दा कृषि र अन्यमा रहेको सुनाए । ‘पोखरा महानगरपालिकाले आवास क्षेत्र भनेको छैन् । जग्गा वर्गिकरणको अन्यमा १० वटा फरक फरक विषय छन् त्यो सबै छुट्टिएको छैन् । अहिले जसरी बाहिर कुरा आएको छ त्यो सबै अपवाह मात्रै हो’ उनले भने,‘यहाँ अवैद्य तरिकाले काम भएको छ । यो रोक्नु महानगरको कर्तव्य हो । यदि कानुन सम्बत छ भने अनुमति लिएर मज्जाले पुर्न पाइन्छ छैन भने महानगरले स्विकृत दिदैन ।’
पोखरा महानगरपालिकाका नगर प्रहरी पुरुषोत्तम थापाले मेयरको आदेश अनुसार आफुहरुले अस्थाई संरचना भत्काएको बताए । उनले कानून विपरित कार्य भएका कारण संरचनामा डोजर चलाएको बताए । ‘यहाँ विना अनुमति काम भइराखेको रहेछ । हामीले पटक पटक रोक्का गर्न र अनुमति लिएरमात्रै काम गर्न अनुरोध समेत गरेका थियौं तर देवेन्द्र केसी, प्रकाश केसी लगायतले अटेर गर्नुभयो’ उनले भने, ‘यो जग्गा विवादमा छ । स्थानीयले आवास क्षेत्र भनेका छन् तर यसलाई सिमसार पनि भनिएको छ । यो विषयमा विज्ञले अध्ययन गरेर मात्रै वास्तविक के हो वाहिर आउला ।’ वाई यु के कन्ट्रक्सनका संचालक युवराज खतिवडाले जग्गामा माटो हाल्ने अनुमति पश्चात उक्त काम लिएका थिए । ०७९ माघ १७ गते वडा नं. २४ मा रहेको कित्ता नं. १२७१ र १२७२ को जग्गामा २३१५.५४ घनमिटर माटो ल्याई कृषि प्रयोजनका लागि सम्याउने अनुमति मागेका थिए । सोही अनुमतिको आधारमा पोखरा महानगरपालिकाले ०७९ फागुन २ गते माटो सम्याउने प्रयोजनको लागि मात्र, वरिपरिको छरछिमेक र स्थानीय वातावरणलाई समेत असर नपार्ने गरि फागुन ३ र १० गते दुई दिनका लागि पुर्ने अनुमति दिएको थियो । उक्त अनुमतिको सर्त ७ मा जग्गामा माटो सम्याउने कार्य बाहेक अन्य कार्य भएमा कानुन वमोजिम कडा कारवाही गर्ने समेत उल्लेख छ । यस्तै बुदा ८ मा जिल्ला अनुगमन समिति वा अन्य सरकारी निकायबाट अनुगमन हुन सक्ने सो क्रममा अनुमतिका शर्तको विपरित कार्य भएमा तुरुन्त उक्त अनुमति स्वतः खारेज हुने उल्लेख छ । उक्त सर्त विपरित ति कित्ता बाहेक अन्य कित्तामा समेत खतिवडाले पुरानो पत्र देखाउँदै माटो हाल्ने काम गरेका थिए । महानगर अनुगमन शाखाका अनुसार उक्त स्थानको विषयमा पटक पटक आवास क्षेत्र, पुर्ने अनुमति प्राप्त गरेको बताएपनि त्यसो नभएको भेटिएको हो । अनुगमन महाशाखा प्रमुख पौडेलका अनुसार हालसम्म उक्त जग्गा पुर्ने र काम गर्ने अनुमति महानगरले दिएको छैन् ।

Read more

अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक घोषणा: स्वास्थ्य बीमाको प्रिमियम शतप्रतिशत व्यहोर्ने, सबै नागरिकलाई बीमाको दायरामा ल्याइने

पोखरा, असार ७ — कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नागरिकको स्वास्थ्य बीमाको प्रिमियम रकम शतप्रतिशत व्यहोर्ने महत्वाकांक्षी घोषणा गरेको…

सुशासनमा उदाहरण बन्दै अन्नपूर्ण गाउँपालिका, बेरुजु दर केवल ०.०१३० प्रतिशत

अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३…

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसमा रक्तदानदेखि शैक्षिक सम्मानसम्म विविध कार्यक्रम

पोखरा, २ पुस । पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८० युनिट रगत सङ्कलन गरिएको छ । स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै महानगरपालिकाले रक्तदान…

अन्नपूर्ण गाउँपालिका कास्कीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ सम्पन्न

अन्नपूर्ण गाउँपालिका, कास्की। “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ अन्नपूर्ण गाउँपालिका कास्कीले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ शुक्रबार औपचारिक…

माघ १४ देखि वालिङ महोत्सव : व्यापार, कृषि, पर्यटन र संस्कृतिको भव्य संगम

स्याङ्जा | स्याङ्जाको मध्यभागमा रहेको वालिङ शहर आगामी माघ १४ देखि २५ गतेसम्म नवौं वालिङ महोत्सव २०८२ मनाउन तयार हुँदैछ। दुई–दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको यस महोत्सवले…

काँडे, भदौरे–सल्यान सडक खण्डमा बृहत् सरसफाई कार्यक्रम सम्पन्न

अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा…