
1Shares
पोखरा भ्यूज
७ भदौ, काठमाडौँ । संघीय संसदका सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गतेका लागि तोकेका छन् । सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच संसदीय समिति सभापतिमा भागबण्डा मिलेपछि सभामुखले निर्वाचन मिति तोकेका हुन् ।
दलहरूबीचको सहमतिबमोजिम कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १-१ वटा समितिको सभापति लिने भएका छन् ।
प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन गरिएको छैन । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो । तर सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू निष्प्रवाही भएका थिए ।
1Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















