0Shares

पोखरा भ्यूज
८ भदौ, धनरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । जातीय र धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भएको भन्दै शनिबार राति १२ बजेसम्म धरान उपमहानगरपालिका सबै २० वटै वडाहरुमा लागूहुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले साम्प्रदायिक हिंसा भड्किन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । धरानमा गोरु काट्न पाउनु पर्छ भनी सामाजिक संजालमा प्रचारप्रसार गरेको विरोधमा शनिबार र्‍याली गर्ने कार्यक्रम सार्वजनिक गरिएपछि शुक्रबार सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो ।

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिकाको झन्डाचोकदेखि धरान तर्फको क्षेत्र, रामधुनी–६ र बराहक्षेत्र–३ नहडाचोकदेखि धरान तर्फको क्षेत्र, इटहरी२० तरहरा पानिपियादेखि उत्तर, केराबारी गाउँपालिकाबाट धरान प्रवेश गर्ने क्षेत्र, धनकुटाको सांगुरीगढी ६ भेडेटारबाट धरान तर्फको क्षेत्र पुरै निषेधाज्ञा गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected