
पोखरा भ्यूज
९ भदौ, धरान । निषेधाज्ञाका कारण शनिबार पूर्वी शहर धरान शनिबार सुनसान छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि धरानमा निषेधाज्ञा जारी गरेको छ ।
शनिबार विहानदेखि धरान प्रवेश नाकामा प्रहरीले कडाइ गरेपछि अन्य क्षेत्रबाट धरानमा प्रवेश सहज छैन । धरानका स्थानीय बासिन्दा पनि घरबाहिर निस्केका छैनन् । बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
धरानमा अत्यावश्यक सेवाका बाहेक अन्य गाडीहरु चल्न दिइएको छैन । पसलहरु खुलेका छन् तर मानिसहरुलाई समूहमा हिँडडुल गर्न र भेला हुन दिइएको छैन ।
धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ । इटहरीबाट धरान प्रवेश गर्ने बाटो तरहरामा भने हिन्दु अभियन्ताहरुले प्रदर्शन गरिरहेका छन् ।











