12Shares

पोखरा भ्यूज
पोखरा, ४ असोज । गुरुङ भाषाको गित ‘ङोल्स्यो निच्यों’ को म्युजिक भिडियो तयार भएको छ । हङकङको विभिन्न शहरमा छायांकन भएको गितको निर्माण पुरा भई विमोचन अन्तिम चरणमा पुगेको छ ।
गायक केशबहादुर गुरुङ र गायिका उषा गुरुङको स्वरमा रहेको गितको म्युजिक भिडियो सेप्टेम्बर २४ मा विमोचन गरिने गितका मोडल अमृत गुरुङले जानकारी दिए । भिडियोमा मोडल अमृत गुरुङसँगै नियोना गुरुङले अभियन गरेकी छिन् । मोडल अमृत र नियोना लामो समयदेखि हङकङ बस्दै आएका छन् । यो भिडियो हङकङको योङलोङ, सिङमुन, क्लियर वाटर वे जस्ता रमणीय ठाउँहरुमा छायांकन गरिएको मोडल गुरुङले जानकारी दिए । अनिल गुरुङले खिचेको भिडियोको मनोज गुरुङले निर्देशन र टेकमान गुरुङले सम्पादन गरेका हुन् । मेकअपमा सुशिला गरुङले साथ दिएकी छिन् ।
भिडियो हङकङमै विमोचन गरी एच के दर्पण यूट्यूब च्यानलबाट सार्वजनिक गरिने उनले जानकारी दिए । खुसी गुरुङको रचना रहेको गितमा केशबहादुर गुरुङको संगित र धनबहादुर गुरुङको एरेन्ज रहेको छ ।
अधिकांस गुरुङ भाषाको गित नेपालकै गुरुङ गाउँहरुमा छायाँकन गरिएपनि देश बाहिर छायाँकन गरी नयाँ प्रयास थालिएको मोडल गुरुङले बताए । विदेशमा सूटिङ भएता पनि गुरुङ सँस्कृतिलाई जगेर्ना गरी निर्माण गरिएको उनको भनाई छ ।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected