२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
साहित्य

‘साला पहाडमें क्या है’

काठमाडौं । कवि मीनबहादुर विष्टका चोटिला कविताहरुको सङ्ग्रह ‘साला पहाडमें क्या है’ सार्वजनिक भएको छ । यसमा आधुनिक नेपाली समाजका विविध पाटोहरु झल्काउने ६४ कविताहरु समावेश गरिएका छन् । यस कृतिले पछिल्लो ५० वर्षको समयावधिलाई प्रतिनिधित्व गर्छ ।
पश्चिम नेपालको प्युठानमा २०११ सालमा जन्मिएका कवि मीनबहादुर विष्टले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका उनी लेखनका हकमा आलोचनात्मक चेतका कवि हुन् । आफ्नै शैक्षिक र प्राज्ञिक व्यस्तताका कारण केही समय कवि-परिचयबाट टाढिएका विष्ट २०३६ सालको चर्चित ‘सडक कविता क्रान्ति’का एक सहभागी हुन् ।
कवि विष्टको लेखनीमा प्रायः देश बोलेको हुन्छ । जस्तो कि :
‘शब्दहरुको गोलाबारी बर्साए जस्तो गरी
घरीघरी भनिएको छ
यो देश नयाँ युगमा प्रवेश गरेको छ
र म खोजिरहेछु
नयाँ युगमा प्रवेश गरेको त्यो देश ।’

‘कवि मीनबहादुर विष्टलाई जुन कुराले पोल्छ, जुन घटना वा अवस्थाले मनमा तरंग ल्याउँछ, तिनै उर्लिएका भावहरुले उनलाई कविता कोर्न बाध्य बनाउँछन्,’ शिक्षाविद् केदारभक्त माथेमा भन्छन्, ‘सामान्य संवाद र बोलीचालीको क्षणमा पनि सिंगो समाजलाई चित्रमा उतार्ने खालको शैलीले मीनबहादुरलाई अरुभन्दा अलग कवि पहिचानमा उभ्याएको छ ।’
विष्टको यो कविता संग्रहमा ‘यसरी एउटा राष्ट्र बाँच्ने बहाना गर्छ’, ‘चुनावपछिको गाउँ’, ‘जर्साबको कुकुर’, ‘नागरिकता’, ‘एउटा अलपत्र देश’, ‘लासहरुको सगरमाथा’ लगायत अनेक कालजयी रचनाहरु समाविष्ट छन् । उनले लेखेका छन् ः
‘तिनीहरुले-
हाम्रा देख्ने आँखा खोसे
सुन्ने कान खोसे
सोच्ने मस्तिष्क खोसे
त्यसको बदला
एउटा टोपी
एउटा दौरा
र एउटा सुरूवाल दिंदै भने—
अब तिमीहरु नेपाली नागरिक हौ ।’
विष्टका थुप्रै कविताहरु देश-चिन्तामा केन्द्रित भएका देखिन्छन् । तिनले आम मानिसका समस्याहरु झल्काएका हुन्छन् । समाजका विसंगतिहरुमाथि धावा बोलेको पाइन्छन् । गाउँहरु समेटिएका भेटिन्छन् । अनि जनतालाई बारम्बार झक्झक्याउन खोजेका हुन्छन् । सर्वत्र बेथिती फैलिंदा पनि कोही कतै नबोलिरहेको देख्दा विष्टको कवि-मनले यसरी कटाक्ष पोखोरहेको हुन्छ ः
‘भोक, रोग र पीडाका धेरै पुराना खटिराहरु पालेर
भजन सुनिरहेका जनता
बस्, भजनहरुको भोजन गर
र भजनहरुको दोसल्ला ओढेर चुपचाप निदाऊ !’

Read more

कविता र गीतमार्फत श्रमिक एकताको सशक्त सन्देश

 शान्ता बास्तोला  दमौली, तनहुँ। ट्रेड युनियन कांग्रेस गण्डकीको दोस्रो प्रदेश परिषद् बैठकमा पार्षद शान्ता बास्तोलाले कविता र गीतमार्फत व्यक्त गरेको शुभकामना मन्तव्यले कार्यक्रमलाई विशिष्ट साहित्यिक उचाइमा पुर्‍याएको छ।…

लेखनाथ महोत्सवमा कवि शिरोमणिको स्मरण, डा. बोधराज ढकाल सम्मानित

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण गर्दै लेखनाथ महोत्सव अन्तर्गत शनिबार अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालयबाट ‘लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’…

‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ पुस्तक लोकार्पण

काठमाडौं । ‘उत्कृष्ट गन्तव्य कालिन्चोक’ नामक पुस्तक बुधबार राजधानीमा लोकार्पण गरिएको छ। कामना न्यूज पब्लिकेसन्सका प्रबन्ध निर्देशक दिरेकलाल श्रेष्ठ र नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले संयुक्त रूपमा पुस्तक…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

भानुभक्तीय रामायण वाचन प्रतियोगितामा सुजाता पौडेल प्रथम

पोखरा । आदिकवि भानुुभक्त आचार्यको २१२ औं जन्मजयन्तीका अवसरमा आदिकवि भानुुभक्त आचार्य जन्मस्थल विकास समिति, भानुु नगरपालिका वडा नं ४ तनहुँले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमका…

बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक ‘सपना सकार’ आउँदै

काठमांडौ । बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा) चांडै बजारमा आउने भएको छ । लेखकले पहिलो पुस्तक सफलता सम्भव छ पछि…