0Shares

पोखरा भ्यूज
५ कात्तिक, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० विद्यार्थीमध्ये ४ जनाको शव काठमाडौं ल्याइएको छ । अझै ६ विद्यार्थीको शव ल्याउन बाँकी छ । पहिलो चरणमा विष्ट र धामी सहित नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । केही शव दिउँसो आइपुग्ने छ । अन्य ६ जना नेपालीको शव पठाउने प्रक्रिया पूरा गर्न भने केही दिन लाग्ने दूतावासले जनाएको छ ।

पहिलो चरणमा आज बिहान दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव काठमाडौं ल्याइएको छ । शव नेपाली सेनाको ब्यारेकमा लगिएको छ । परराष्ट्र मन्त्री एनपी साउद, नेपालका लागि इजरायलका राजदूत पनि नेपाली सेनाको ब्यारेकमा पुगेका छन् । उनीहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको दूतावासले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected