0Shares

पोखरा भ्यूज

पोखरा, १५ कात्तिक नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको बताएका छन् नेपाली कांग्रेस कास्की क्षेत्र नं. को क्षेत्रीय सम्मेलनलाई बुधवार लेखनाथमा सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको बताउदै सिद्धान्तहिन राजनीति अगाडी बढ्दा काँग्रेसका कार्यकर्तामा निराशा छाएको बताएका हुन् सिद्धान्तहिन राजनीति गर्न सक्दिन सिद्धान्त छोड़न पनि नसक्ने बताउदै आउदो निर्वाचनमा काँग्रेस एक्लै चुनाव लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही नेता कोईरालाले भनेव्यवहारिक राजनीतिको नाममा आफ्नो सिद्धान्तलाई काँग्रेसले छाड्न हुदैन नेता कोइरालाले काँगेस एक ढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने जिकिर गर्दै उनले अहिले काँग्रेसलाई काँग्रेसले हराइरहेकाले त्यो बन्द हुनुपर्ने बताए

भ्रष्टाचारमुक्त समाज बनाउन काँग्रेस चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न कोईरालाले जोड दिए कांग्रेस एकजुट भएको खण्डका कांग्रेस बलियो हुने उनको भनाइ थियो पार्टीभित्र रहेको इतिहास विचारका कारण काङ्ग्रेस पाटी अरु पार्टीभन्दा बलियो रहेको उनको दावी थियो पार्टी जीवनलाई मजबुत बनाउन सबै नेता कार्यकर्ताको इमान्दार पर्यत्न जरुरी रहेको बताउदै कांग्रेसको संगठनलाई जुझारु सशक्त बनाउनतर्फ लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए 

नेता कोइरालाले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले जे भन्यो त्यही हुने भएकाले कांग्रेसले /९ मन्त्रालयलिए पनि जनताका पक्षमा काम गर्न नसकेको बताए

नेता कोइरालाले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरू प्रति प्रश्न गर्दै के का कसका विरुद्ध जनता सडकमा उतार्छौं भन्दै प्रश्न समेत गरेका छन् महंगी घटाउन ? भष्ट्राचार रोक्न ? द्वन्दहिनता अन्त्य गर्न ? आफ़ै सरकारमा हुनुहुन्छ, कस्ले रोकेको , गर्नुस ? कसको विरुद्ध लाखौं मानिस सडकमा ल्याउने भन्दै हुनुहुन्छ ?’

देशमा अहिले आर्थिक मन्दी देखिएको बताउँदै उनले रेमिट्यान्सबाट देश सञ्चालन भइरहेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन सरकार दलहरु लाग्नुपर्नेमा उनको जोड थियो

वरिष्ठ नेता कोइरालाले भने,“महंगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी महंगी नियन्त्रणकाबारेमा काँग्रेसले आवाज उठाउनुपर्दछ वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रधानमन्त्री प्रचण्ड लाग्नुपर्दछ 

सम्मेलनमा नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिब लम्सालले प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा मात्रै सम्भव रहने हुदाँ लोकतन्त्रको रक्षाको लागि प्रेस युनियन सधै अग्रमोर्चामा रहने बताए लोकततन्त्रमा कमी कमजोरीहरु हुन्छन् तर, यिनको समाधान पनि लोकतन्त्रभित्रै हुने उनको भनाई थियो

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले काँग्रेसलाई बलियो बनाएर लान सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताए उनले नेपाली जनताको विश्वास काँग्रेसमाथि भएकाले जनताको सेवामा काँग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसले गरेका कामहरु प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताए शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा काँग्रेस सरकारको पालामा धेरै उपलव्धीहरु भएको भनाई उनको थियो

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, उपसभापति एवं गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारी, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसी, क्षेत्र नं. ३ का सभापति मनोज गुरूङ, गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरूङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरूङ, कांग्रेस पोखरा नगर सभापति सुरेन्द्रमान बिजुक्छे लगायतले आफ्ना भनाई राखेका थिए

नेपाली काँग्रेस कास्की क्षेत्र नं का सभापति राजेन्द्रमणि लामिछानेको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन सत्रको संचालन सचिवद्वय सरोज केसी ओम प्रकाश गुरूङले गरेका थिए

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected